यातायात समितिहरु कम्पनि मा रुपान्तरण हुनैपर्ने

 

काठमाडौँ, ५ वैशाख, सनराइजजेएन,

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले यातायात समितिलाई कम्पनीमा लैजान गर्नुपर्ने सहजीकरणका लागि यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ । सरकारले तीन महिनाभित्र देशभरका सबै समितिलाई कम्पनीमा जान निर्देशन दिएसँगै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आवश्यक सहजीकरणका लागि महानिर्देशक दाहालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार, गृह मन्त्रालयका प्रतिनिधी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, महासचिव सरोज सिटौला र उपमहासचिव बसन्त भण्डारी रहनुभएको छ । समितिले यातायात सेवा प्रदायक कम्पनीहरु दर्ता भई सञ्चालनमा ल्याउँदा गर्नुपर्ने सुविधा र समन्वयका विषयमा अध्ययन गरी १५ दिनभित्र राय सुझाव सहितको प्रतिवेदन पेश गर्नुपर्नेछ । यसैबीच, उक्त समितिको पहिलो बैठक आज यातायात व्यवस्था विभागमा बसेको छ । विभागका महानिर्देशक दाहालको संयोजकत्वमा बसेको बैठकले ऐन, कानुनलाई हेरेर सहज ढङ्गले समितिमा भएका सवारी साधनलाई कम्पनीमा लैजाने बारेमा प्रारम्भिक छलफल भएको समितिका सदस्य सरोज सिटौलाले जानकारी दिनुभयो ।

bhabindra gautam

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago