काठमाडौँ, ५ वैशाख, सनराइजजेएन,
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले यातायात समितिलाई कम्पनीमा लैजान गर्नुपर्ने सहजीकरणका लागि यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ । सरकारले तीन महिनाभित्र देशभरका सबै समितिलाई कम्पनीमा जान निर्देशन दिएसँगै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आवश्यक सहजीकरणका लागि महानिर्देशक दाहालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार, गृह मन्त्रालयका प्रतिनिधी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, महासचिव सरोज सिटौला र उपमहासचिव बसन्त भण्डारी रहनुभएको छ । समितिले यातायात सेवा प्रदायक कम्पनीहरु दर्ता भई सञ्चालनमा ल्याउँदा गर्नुपर्ने सुविधा र समन्वयका विषयमा अध्ययन गरी १५ दिनभित्र राय सुझाव सहितको प्रतिवेदन पेश गर्नुपर्नेछ । यसैबीच, उक्त समितिको पहिलो बैठक आज यातायात व्यवस्था विभागमा बसेको छ । विभागका महानिर्देशक दाहालको संयोजकत्वमा बसेको बैठकले ऐन, कानुनलाई हेरेर सहज ढङ्गले समितिमा भएका सवारी साधनलाई कम्पनीमा लैजाने बारेमा प्रारम्भिक छलफल भएको समितिका सदस्य सरोज सिटौलाले जानकारी दिनुभयो ।
झापा, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी…
झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित झापा, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत झापा…
झापा, फागुन २४ — विघटित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले अघिल्लो संसद्का सभामुख देवराज घिमिरेलाई…
काठमाडौं। नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले प्रतिनिधि सभा निर्वाचनको नतिजापछि पार्टीलाई गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताएका…
काठमाडौं–ताप्लेजुङ। प्रतिनिधि सभा निर्वाचनमा ताप्लेजुङबाट **नेकपा (एमाले)**का उम्मेदवार क्षितिज थेबे विजयी भएका छन्। अन्तिम मतगणनाअनुसार…
जनकपुरधाम–महत्त्वरी । महोत्तरी क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका अनुभवी नेता शरतसिंह…