निरज गौडेल लाई सहयोग रकम हस्तान्तरण , नवलपरासी समाज जापान लाई नगर प्रमुखको धन्यवाद ।

टोकियो , विश्वाश आचार्य । नवलपरासी समाज जापानले बोन्म्यरो रोगबाट पीडित ११ बर्सिय बालक निरज गौडेल बचाउ अभियानका सदस्य नारायण प्रभुलाई एक कार्यक्रम गरी चेक हस्तान्तरण गरेकोछ । 

नवलपरासी समाज जापानले सामाजिक सेवा मुलक कार्यमा सहयोग गर्दै आएकोछ । समाजका सल्लाकार एबम यस अभियानका अभियान्ता यादब केसीले अभियानमा सङ्कलित रकम सिटि    एक्स्प्रेस मनि मार्फत रु ४२०५८६ नेपाल पठाई एक कार्यक्रम गरी समाजका सल्लाकार एबम यस अभियानका अभियान्ता यादब केसीका पिता फर्स बहादुर के.सी, र समाजका महा सचिब कृष्ण ढुङ्गानाका पिता दामोदर ढुङ्गानाले साथै नगर प्रमुख चन्द्रा कुमारी पुन को सयुक्त हात बाट ४२०५८६ को चेक  कावासोती नगरपालिका वडा नं. २ का वडा अध्यक्ष लक्ष्मी प्रसाद पौडेल को रोहोबरमा निरज बचाउ अभियानका सदस्य नारायण प्रभुलाई चेक हस्तान्तरण गर्नुभएको थियो । 

कार्यक्रममा कावासोती नगरपालिकाकी प्रमुख चन्द्र कुमारी पुनले नवलपरासी समाज जापान साथै अभियान मा सहयोग गर्नुहुने सबैलाई धन्यवाद बेक्त गर्नु भयो । जापान बाट यस अभियानमा सहयोगी मनहरुले तन मन जे बाट जे जति रकम सहयोग गरेकोमा त्यसकोलागि सहयोगि मनहरुलाई समाजका सल्लाकार एबम अभियानका अभियान्ता यादब केसीले सबैलाई धन्यवाद व्यक्त गरेकाछन् । साथै सहयोग संकलन कार्यमा अहोरात्र खटेका सह अभियान्ता समाजको सदस्य गीता कन्डेल र लक्ष्मी पान्डे प्रति नवलपरासी जापानका महासचिव कृष्ण ढु्गानाले आभार व्यक्त गरेकाछन् ।

सहयोगी हरुको नामावली विवरण :-

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago