नेपाल सरकारले इन्द्रजात्रा चलाउन पाँच करोडको अक्षयकोष स्थापना ।

काठमाडौं । नेपाल सरकारले इन्द्रजात्रालगायत सो जात्रापर्वको सञ्चालन तथा व्यवस्थानका लागि ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष’ स्थापना गरेको छ।

नेपाल सरकारको भदौ २२ गते बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय सरकारकासमेतको सहभागितामा कोष स्थापना गर्ने निर्णय गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, काठमाडौँ उपत्यकामा लामो समयदेखि परम्परागत रुपमा सञ्चालन हुँदैआएका जात्रा पर्वमध्ये ईन्द्रजात्राको सञ्चालत र व्यवस्थापनका लागि पाँच करोड रुपियाँको अक्षय कोषको व्यवस्था गरिएको छ।

सो अनुसार, कोषमा जम्मा हुने पाँच करोडको ब्याजबाट वर्षेनी जात्रा खर्च व्यवस्थापन गरिने छ। सो कोषमा सरकारबाट एक करोड ५० लाख, प्रदेश ३ सरकारबाट एक करोड, काठमाडौँ महानगरपालिकाबाट दुई करोड र गुठी संस्थानबाट ५० लाख रुपियाँ रकम जम्मा गरिने विज्ञप्तिमा उल्लेख छ।

सो कोषको व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाको प्रमुखको अध्यक्षतामा एक समिति गठन समेत गरिने जनाइएको छ। सो समितिले प्रत्येक वर्ष इन्द्र जात्रामा गरिने खर्चको बाँडफाँड गर्नेछ। उक्त जात्राको सञ्चालन इन्द्रजात्रा व्यवस्थापन समितिले गर्ने जनाइएको छ। इन्द्रजात्राको सञ्चालन सम्बन्धी कार्यविधि काठमाडौँ महानगरपालिकाबाट निर्धारण भए बमोजिम हुनेगरी निर्णय भएको विज्ञप्तिमा जनाइएको छ। याे खबर आजकाे गाेरखापत्र दैनिकमा छ।

Bishawas Acharya

Recent Posts

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago