डेंगु परीक्षणमै समस्या

काठमाडौं, २६ भदाै : पछिल्लो साता देशभर डेंगुको त्रास फैलिएको छ। यति बेला चिकित्सकदेखि नेता, मन्त्री र सर्वसाधारण डेंगुका कारण एउटै मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टको पर्खाइमा छन्।

प्रयोगशालामा जनशक्ति र उपकरण न्यून भएका कारण रिपोर्ट आउन ढिला हुनेदेखि अनेकौं समस्या बाहिर आएका छन्।

नेपालमा यति बेला ६१ जिल्लामा डेंगु देखिएको र त्यसमध्ये ५६ जिल्लामा प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको छ।

रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय तथा सरकारको समयमै ध्यान नपुगेको भन्दै संसद्मा समेत कडा आलोचना भइरहेको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो एक महिनाको बीचमा झन्डै ५ हजारको हाराहारीमा डेंगु संक्रमित बिरामी परीक्षणमा आइसकेका छन्।

६ जनाको मृत्युसमेत भइसकेको छ, यसमा महाशाखाले चार जनाको प्रमाणित भएको र दुई जनाको भइनसकेको बताएको छ।

डेंगु रोगका विशेषज्ञसमेत रहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार यति बेला अस्पतालको बेडमा बिरामी राख्ने ठाउँ नभएकाले बाहिर ग्यारेजदेखि पालमुनि समेत बिरामी राखेर परीक्षण गरिएको छ। जनशक्ति कम भएकाले विभागसँग माग गरी काम गरिएको उहाँले बताउनुभयो। यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago