एनआरएनको डेलिगेट्स काठमाडौँमा हेर्दा ७० प्रतिशत मतदाता कुल आचार्यको पक्षमा देखिए ।

काठमाडौँ- काठमाडौँमा हुन गइरहेको एनआरएनएको आसन्न अधिवेशनका लागि हालसम्म २,८०० भन्दा बढी डेलिगेट्सहरुको नाम काठमाडौँ केन्द्रमा पुग्दा झन्डै ७० प्रतिशत मतदाता कुल आचार्यको पक्षमा देखिएका छन् । 

सेप्टेम्बर ३० सम्म विश्वभरका गैर आवासीय नेपाली संघ एनसिसिका केन्द्रिय प्रतिनिधिहरु र मतदाताहरुको नाम पठाउन पर्ने केन्द्रको निर्देशन रहेसंगै अधिकाम्स नामावलीहरु काठमाडौँ पुगिसकेका छन् । यस संगै नेत्रित्वको दावी गरिरहेका वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यमध्ये को बलियो? भन्ने अड्कलबाजीहरु चल्न थालेका छन् । दुवै उपाध्यक्षहरुले अध्यक्ष पदमा लड्ने घोषणा गरिसकेका छन् ।

जर्मन निवासी अध्यक्षका एक प्रत्यासी कुमार पन्त २,००० सदस्य भएको जर्मनीबाट हुन् भने अध्यक्षका अर्का प्रत्यासी कुल आचार्य १४,००० सदस्य भएको विश्वको सबै भन्दा ठुलो एनसीसी रहेको देशका उम्मेदवर हुन् । डेलिगेट्सको हिसाबमा पन्त जम्मा ३० भोट डेलिगेट्स भएको जर्मन बाट हुन् भने आचार्य २०० भन्दा बढी भोट भएको बेलायतबाट हुन् । कुमार पन्तलाई पूर्व अध्यक्ष जीवा लामिछानेले मात्र सहयोग गरिरहेका छन् भने आचार्यलाई पूर्व अध्यक्षहरु शेष घले तथा देवमान हिराचन तथा वर्तमान अध्यक्ष भवन भट्टको समर्थन रहेको बताइएको छ। उपेन्द्र महतो अहिलेसम्म तटस्थ रहेको ठानिएको छ । पन्तलाई पूर्व अध्यक्षहरुले साथ छोडदै जानु जस्ता पक्षले पन्तको चुनावी ग्राफ घटदो क्रममा देखिएको छ । अमेरिका, अस्ट्रेलिया, बेलायतजस्ता धेरै मतदाता भएका मुलुकहरुमा प्रजातान्त्रिक पक्ष हावी भए पछि एनआरएन भित्र सिन्डिकेट जमाएर बसेको पक्षले क्षेत्रीय अध्यक्ष (आरसी) हरुलाई डेलिगेटबारे छानबिन गर्न दिने अवैध प्रस्ताव अघि सारेको छ। तर त्यस्तो अवैधानिक प्रस्तावलाई कुनै हालतमा स्वीकार नगरिने एनआरएन अमेरिकाका एकजना अभियन्ताले बताए।

आचार्यको लोकप्रियताको ग्राफ बढ्दै जादा आचार्य को पक्ष नतिजा आउने देखिन्छ। पन्त समूहले आचार्य समक्ष सहकार्यको प्रस्ताव पठाएको तर आचार्यले अब सहमतिको कुरामा अलमलिनु भन्दा स्वस्थ र प्रजातान्त्रिक प्रक्रियाबाट नयां नेतृत्व चुन्नु पर्ने बताएको जनाइएको छ । विश्लेषकहरु भन्छन्, आफ्ना लोकप्रिय र अग्रगामी एजेन्डाहरु सहित कुल आचार्य आम एनआरएन मतदाताको मनमा बस्न सफल भै सकेका छन्। तर उनले आफ्नो प्रचार अभियानलाई अरु व्यवस्थित बनाउन जरुरी छ।यो लहरलाई आकर्षित गर्ने कामलाई अझै निरन्तरता दियो भने आसन्न निर्वाचनमा आचार्यको जितलाई कसैले रोक्न नसक्ने विश्लेषकहरु बताउन थालेका छन् ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago