एनआरएनको डेलिगेट्स काठमाडौँमा हेर्दा ७० प्रतिशत मतदाता कुल आचार्यको पक्षमा देखिए ।

काठमाडौँ- काठमाडौँमा हुन गइरहेको एनआरएनएको आसन्न अधिवेशनका लागि हालसम्म २,८०० भन्दा बढी डेलिगेट्सहरुको नाम काठमाडौँ केन्द्रमा पुग्दा झन्डै ७० प्रतिशत मतदाता कुल आचार्यको पक्षमा देखिएका छन् । 

सेप्टेम्बर ३० सम्म विश्वभरका गैर आवासीय नेपाली संघ एनसिसिका केन्द्रिय प्रतिनिधिहरु र मतदाताहरुको नाम पठाउन पर्ने केन्द्रको निर्देशन रहेसंगै अधिकाम्स नामावलीहरु काठमाडौँ पुगिसकेका छन् । यस संगै नेत्रित्वको दावी गरिरहेका वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यमध्ये को बलियो? भन्ने अड्कलबाजीहरु चल्न थालेका छन् । दुवै उपाध्यक्षहरुले अध्यक्ष पदमा लड्ने घोषणा गरिसकेका छन् ।

जर्मन निवासी अध्यक्षका एक प्रत्यासी कुमार पन्त २,००० सदस्य भएको जर्मनीबाट हुन् भने अध्यक्षका अर्का प्रत्यासी कुल आचार्य १४,००० सदस्य भएको विश्वको सबै भन्दा ठुलो एनसीसी रहेको देशका उम्मेदवर हुन् । डेलिगेट्सको हिसाबमा पन्त जम्मा ३० भोट डेलिगेट्स भएको जर्मन बाट हुन् भने आचार्य २०० भन्दा बढी भोट भएको बेलायतबाट हुन् । कुमार पन्तलाई पूर्व अध्यक्ष जीवा लामिछानेले मात्र सहयोग गरिरहेका छन् भने आचार्यलाई पूर्व अध्यक्षहरु शेष घले तथा देवमान हिराचन तथा वर्तमान अध्यक्ष भवन भट्टको समर्थन रहेको बताइएको छ। उपेन्द्र महतो अहिलेसम्म तटस्थ रहेको ठानिएको छ । पन्तलाई पूर्व अध्यक्षहरुले साथ छोडदै जानु जस्ता पक्षले पन्तको चुनावी ग्राफ घटदो क्रममा देखिएको छ । अमेरिका, अस्ट्रेलिया, बेलायतजस्ता धेरै मतदाता भएका मुलुकहरुमा प्रजातान्त्रिक पक्ष हावी भए पछि एनआरएन भित्र सिन्डिकेट जमाएर बसेको पक्षले क्षेत्रीय अध्यक्ष (आरसी) हरुलाई डेलिगेटबारे छानबिन गर्न दिने अवैध प्रस्ताव अघि सारेको छ। तर त्यस्तो अवैधानिक प्रस्तावलाई कुनै हालतमा स्वीकार नगरिने एनआरएन अमेरिकाका एकजना अभियन्ताले बताए।

आचार्यको लोकप्रियताको ग्राफ बढ्दै जादा आचार्य को पक्ष नतिजा आउने देखिन्छ। पन्त समूहले आचार्य समक्ष सहकार्यको प्रस्ताव पठाएको तर आचार्यले अब सहमतिको कुरामा अलमलिनु भन्दा स्वस्थ र प्रजातान्त्रिक प्रक्रियाबाट नयां नेतृत्व चुन्नु पर्ने बताएको जनाइएको छ । विश्लेषकहरु भन्छन्, आफ्ना लोकप्रिय र अग्रगामी एजेन्डाहरु सहित कुल आचार्य आम एनआरएन मतदाताको मनमा बस्न सफल भै सकेका छन्। तर उनले आफ्नो प्रचार अभियानलाई अरु व्यवस्थित बनाउन जरुरी छ।यो लहरलाई आकर्षित गर्ने कामलाई अझै निरन्तरता दियो भने आसन्न निर्वाचनमा आचार्यको जितलाई कसैले रोक्न नसक्ने विश्लेषकहरु बताउन थालेका छन् ।

Bishawas Acharya

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago