एनआरएनए कोषाध्यक्षका लागि दुबै टीमको रोजाईंमा सुदन थापा,निर्विरोध हुने सम्भावना

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको कोषाध्यक्षमा जापानवाट सुदन थापा निर्विरोध हुने सम्भावना बढेको छ । एनआरएनएको संस्थापनसंग नजिक रहेर काममा सदैव सक्रिय थापाले सवैको आग्रहमा कोषाध्यक्षमा उम्मेद्वारी घोषणा गर्नु भएको थियो । 

एनआरएनएको बिश्व सम्मेलन अक्टोवर १५ १७ मा काठमाडौंमा हुँदैछ । सम्मेलनको मिति नजिकिँदै जाँदा अध्यक्षका दुवै प्रत्यासी कुमार पन्त र कुल आचार्यको टिमले थापालाई कोषाध्यक्षमा निर्विरोध गर्न  दवाव बढन थालेको बताएको छ । कोषाध्यक्षमा थापा सहित जापानवाटै महेश श्रेष्ठ,सोम सापकोटा समेतको दावि रहेको बेला थापालाई नेतृत्वले निर्विरोध चयनको लागी दवाब दिएका छन । बिगत १३ बर्षदेखि जापानमा रहनुभएका थापालाई अध्यक्षका दुवै उम्मेद्वारले काम गर्न अब्बल युवाको उपमा दिएका छन । सन २००८ बाट जापानको कार्यसमिति सदस्य भएर एनआरएनएमा आफ्नो सामाजिक सेवा अघि बढाउनु भएका थापा अहिलेसम्म अनबरत रुपमा एनआरएनएमार्फत सामाजिक सेवा गर्दै आउनु भएको छ । उहाँ गैरआवासीय नेपाली संघ, जापानको कार्यसमिती सदस्य २ पटक, एनआरएनए आइसीसी युवा प्रतिनिधि, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको कार्यसमिति उपाध्यक्ष, कार्यसमिति अध्यक्ष तथा वर्तमान एनआरएनए आइसीसी युवा संयोजक हुदै लामो समयसम्म एनआरएनएमा निरन्तर काम गर्ने अभियन्ता पनि हुनुहुन्छ ।

थापाले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको अध्यक्ष रहदा ५ करोड येनको आपतकालिन राहत कोषको स्थापना, पटक पटक नेपाल फेस्टिवलको संयोजक, नेपाल जापान कुटनीतिक सम्बन्धको ६०औ गाठ को सुभ अवसरमा नेपालमा पहिलो पटक जापान फेस्टिवल तथा एतिहासिक नेपाल फेस्टिवल को आयोजना गर्नुभएको थियो ।

यस्तै मनास्लु फेस्टिवल लगायत, नेपालमा गएको महाभुकम्मा जापान सरकार तथा जापानी नागरिकहरुले नेपालप्रति देखाएको सहानुभूति तथा आर्थिक सहयोगलाई धन्यवाद स्वरुप नेपालको पर्यटन प्रबर्धनको निमित्त हाम्रा धरोहरहरु अझै भत्केका छैनन, हामी सम्पूर्ण नेपालीहरु तपाईहरुले गर्नुभएको माया सद्भाव सहयोगको लागि नेपालमा स्वगत गरेर धन्यबाद दिन चाहन्छौ भन्ने नारा सहित एकै समयमा जापानका ५० ठाउँ भन्दा बढी स्थानमा स्टेसनको अगाडी थ्यांक्यू जापान कार्यक्रम आयोजना गर्नुभएको थियो ।

जापानको नेतृत्व रहँदा निकै लोकप्रिय कार्ययोजना तथा कार्य गरेर सम्पूर्ण गैरआवासीय नेपालीहरुको मन मुटुमा बस्न सफल ब्यक्ति पनि हुनुहुन्छ थापा । त्यसो त थापाको कार्यकाललाई एनआरएनए जापानको इतिहासमा सुनौलो कार्यकालको रुपमा जापानवासी नेपालीहरुले लिने गरेका छन ।

जापानको कुमामोतोमा आएको विनासकारी भुकम्पमा भुकम्पग्रस्त क्षेत्रमा ५० भन्दा बाढी स्वयंसेवकसहितको टिमले हजारौ संख्यामा जापानी नागरिकहरुलाई पटक पटक नेपाली खाना खुवाएर, नेपाली योगा सिकाउने कामको नेतृत्व पनि थापाले नै गर्नुभएको थियो । २०७२ सालमा भूकम्पमा पनि थापाले उल्लेखनीय काम गर्नुभएको छ । विनासकारी महाभुकम्पमा गैरआवासीय नेपाली संघको तर्फबाट रामेछाप जिल्लाको संयोजक रही ४० भन्दा बाढी स्वयंसेवक तथा मेडिकल टिमको नेतृत्व गर्दै राहत वितरण तथा भुकम्प प्रभावित विभिन्न जिल्लामा काम गर्नुभएको थियो ।थापाले युवा संयोजक रहदै गर्दा प्रथम पटक नेपाल सरकारले गैरआवासीय नेपाली संघलाई विभागीय टिमको हैसियत प्रदान गर्दै ८औं राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली संघको तर्फबाट संयोजकको भूमिका प्रदान गरेको थियो । ८औं राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपाली संघले ६ स्वर्णसहित १४ पदक प्राप्त गरेको थियो । 

थापाले एनआरएनए स्पोर्टस एकेडेमी स्थापनाका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएको छ ।थापाले गैरआवासीय दोस्रो जेनेरेसनलाई नेपालसंग जोडन र नेपालको समग्र खेलकूद बिकासका लागि नेपालमा स्पोर्ट्स एकेडेमीको स्थापनाको अबधारणा अघि सार्नुभएको छ । जस्को प्रतिफल एनआरएनएले पाउन थालिसकेको आम सदस्यहरुको बुझाइ छ । सधैं संस्थापन र ईमान्दार थापा राजनितिक रुपमा पनि कुनै दलसंग आवद्ध नभएकोले दुवै टिमवाट कोषध्यक्षमा निर्विरोध गर्न नेतृत्वलाई दवाल दिएका छन ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago