सार्वजनिक स्थलमा सुर्ति र सुर्तिजन्य वस्तुको बिक्री वितरण तथा प्रयोगमा रोक , १०० सम्म जरिवाना हुने ।

काठमाण्डौँ फागुन २६। स्वस्थ शहर कार्यक्रम सञ्चालन गर्ने विश्वका ५० शहरमध्ये काठमाडौं महानगर पनि एक हो। शहरमा धूम्रपान तथा सुर्तीजन्य वस्तुको बढ्दो प्रयोग घटाएर स्वस्थ एवं स्वच्छ शहर निर्माण गर्ने उद्देश्यले कार्यक्रम थालनी गर्न लागिएको कामपाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठले) जानकारी दिए। नसर्ने रोगको जोखिमबाट मानिसको स्वास्थ्यलाई मुक्त गराउन कामपाले सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तिजन्य वस्तुको नियमनका लागि १८ महीने कार्ययोजना सञ्चालन गरिरहेको छ।

धूम्रमान तथा सुर्तिजन्य पदार्थको प्रयोगले जनस्वास्थ्य,वातावरणमा हानी पुयाउने तथा आर्थिक,सांस्कृतिक र सामाजिक क्रियाकलापमा समेत प्रत्यक्ष असर पुयाउने भएकाले यस किसिमको अभियान सञ्चालन गर्न लागिएको उपप्रमुख खड्गीको भनाइ छ। कानूनले सार्वजनिक स्थानमा धूम्रपान निषेध गरेको छ,तर व्यक्तिमा कानूनी व्यवस्थाको पालनामा ध्यान गएको छैन।

अब अस्पताल,विद्यालयजस्ता क्षेत्र छुट्याएर कुनै एक स्थानमा सुर्तिजन्य वस्तुको बिक्री वितरण तथा उपयोगमा रोक लगाउनुपर्ने र त्यस क्षेत्रमा पूर्ण निषेध भएपछि अन्यत्र स्थानमा गए कार्यान्वयन प्रभावकारी हुने बताइएको छ।  विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नसर्ने रोगका प्रमुख पाँच कारणमध्ये धूम्रपान, मदिरापान, अस्वस्थकर आहार,निष्क्रिय जीवनलगायत छन्। स्वस्थ जीवनको चुनौती सामना गर्न सबै एक हुनुपर्नेछ। अब कामपाले वडाका जनप्रतिनिधिसँगको समन्वयमा टोल र विद्यालयस्तरीय कार्यक्रम पनि चलाउने भएको छ ।

ऐनका व्यवस्थाहरु:  सार्वजनिक स्थान सरकारी कार्यालय,शिक्षण संस्था,पुस्तकालय, तालीम तथा स्वास्थ्यसम्बन्धी संस्था, विमानस्थल, सार्वजनिक शौचालय,उद्योग तथा कलकारखाना कार्यस्थल,चलचित्रघर,नाटकघर,होटल,मोटल,रिसोर्ट,रेष्टुरेन्ट,बार,भोजनालय,चमेनागृहछात्राबास,रङ्गशाला,कर्भडहल,पौडीपोखरी,डिपार्टमेन्टल स्टोर, धर्मशाला तथा टिकट काउन्टर जस्ता स्थानमा धूम्रपान तथा सुर्ती सेवन गर्न पाइँदैन। निषेधित यी स्थानमा धूम्रपान गरे तत्काल  १०० सम्म जरिवाना हुने कानूनी व्यवस्था रहेको छ।

Comments
Bishawas Acharya

Recent Posts

फोरेक्स रेमिटेन्सद्वारा मोवाईल एप्लिकेसन संचालन

जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…

55 years ago

बिर्तामोड रन २०८१: आजैबाट अनलाइन दर्ता खुल्ला

बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…

55 years ago

“उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४ को दोश्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न”

दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…

55 years ago

“सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ: रास्वपा कार्यकर्ताको प्रधानमन्त्रीविरुद्ध नाराबाजी”

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…

55 years ago

“चीनको विद्युतीय क्रान्ति: विश्वका ठूला कार निर्माता संकटमा, बीवाईडीले लियो अग्रस्थान”

काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…

55 years ago

“समर्पण टुर २०२४: लण्डन म्युजिक हलमा सबिन राई एण्ड द फरोजको पहिलो ऐतिहासिक लाइभ प्रस्तुति”

काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…

55 years ago