टोकियो । जापानको राजधानी टोकियोमा मातृ सन्देश डट कमको तेस्रो वार्षिकोत्सव अबसरमा यहि मार्च ३१ तारीख आईतवार पहिलो पटक जापानमा मिडिया म्यूजिकल मेला २०१९ हुने भएको हो ।
मिडिया म्यूजिकल मेलामा नेपालवाट चर्चित लोक गायक अमृत खाती,लोकदोहोरी गायिका स्मृति गौतम र जापानमा रहनु भएका गायक तथा संगीतकार रामकृष्ण बम मल्ल,लोक गायक युवराज आचार्य,परदेशी गायक सूर्य खड्का,मोडल तथा गायिका सोना केसी ,सेलो गायक कर्मा दोङ तामाङ,गायक चेतन घर्ती मगर,डान्सर सुस्मा गुरुङ,रक गायक सुदीपकुमार थकाली लगाएतको विशेष प्रस्तुति रहने जनाएको छ ।
मिडिया पहिचान प्रालिले संचालन गर्दै आएको मातृ सन्देश डट कम अनलाईन पत्रिकाको उक्त मीडिया ग्रूपले टोकियोमा कालिका इन्टरनेशनल कम्पनी जापानको व्यवस्थापनमा मिडिया र संगीत क्षेत्रलाई आम दर्शकहरुमाझ अझ नजिक बनाउन सो मेला गर्न गईरहेको प्रवन्ध निर्देशक तथा कार्यक्रम संयोजक विजय थकालीले जानकारी दिनुभयो ।
नेपाली कला संस्कृतिलाई संरक्षण,नेपालको पर्यटन क्षेत्रको प्रचार र दक्ष युवा शक्तिलाई स्वदेश फर्कान सचेतना जगाउने र उक्त कार्यक्रमको आम्दानीले नेपालको टुहुरा तथा असाय बालवालिकालाई शैक्षिक सामाग्री सहयोग गर्ने मातृ सन्देश डट कमका प्रधान सम्पादक तथा कार्यक्रम सचिव शान्त पहरीले बताउनु भयो ।
नेपाल सरकार राष्ट्रीय युवा परिषद्,नेपाल पत्रकार महासंघ जापान र माया रेष्टुरेण्ट जापानको विशेष सहकार्य र सपोर्टमा आयोजित उक्त साँस्कृतिक कार्यक्रममा उपस्थितिको लागि जापानवासी नेपालीहरुमा हार्दिक अनुरोध गरेको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…