जापानको टोकियोमा मिडिया म्यूजिकल मेला

टोकियो । जापानको राजधानी टोकियोमा मातृ सन्देश डट कमको तेस्रो वार्षिकोत्सव अबसरमा यहि मार्च ३१ तारीख आईतवार पहिलो पटक जापानमा मिडिया म्यूजिकल मेला २०१९ हुने भएको हो । 

मिडिया म्यूजिकल मेलामा नेपालवाट चर्चित लोक गायक अमृत खाती,लोकदोहोरी गायिका स्मृति गौतम र जापानमा रहनु भएका गायक तथा संगीतकार रामकृष्ण बम मल्ल,लोक गायक युवराज आचार्य,परदेशी गायक सूर्य खड्का,मोडल तथा गायिका सोना केसी ,सेलो गायक कर्मा दोङ तामाङ,गायक चेतन घर्ती मगर,डान्सर सुस्मा गुरुङ,रक गायक सुदीपकुमार थकाली लगाएतको विशेष प्रस्तुति रहने जनाएको छ । 

मिडिया पहिचान प्रालिले संचालन गर्दै आएको मातृ सन्देश डट कम अनलाईन पत्रिकाको उक्त मीडिया ग्रूपले टोकियोमा कालिका इन्टरनेशनल कम्पनी जापानको व्यवस्थापनमा मिडिया र संगीत क्षेत्रलाई आम दर्शकहरुमाझ अझ नजिक बनाउन सो मेला गर्न गईरहेको प्रवन्ध निर्देशक तथा कार्यक्रम संयोजक विजय थकालीले जानकारी दिनुभयो । 

नेपाली कला संस्कृतिलाई संरक्षण,नेपालको पर्यटन क्षेत्रको प्रचार र दक्ष युवा शक्तिलाई स्वदेश फर्कान सचेतना जगाउने र उक्त कार्यक्रमको आम्दानीले नेपालको टुहुरा तथा असाय बालवालिकालाई शैक्षिक सामाग्री सहयोग गर्ने मातृ सन्देश डट कमका प्रधान सम्पादक तथा कार्यक्रम सचिव शान्त पहरीले बताउनु भयो । 

नेपाल सरकार राष्ट्रीय युवा परिषद्,नेपाल पत्रकार महासंघ जापान र माया रेष्टुरेण्ट जापानको विशेष सहकार्य र  सपोर्टमा आयोजित उक्त साँस्कृतिक कार्यक्रममा उपस्थितिको लागि जापानवासी नेपालीहरुमा हार्दिक अनुरोध गरेको छ 

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago