यस्ता छन् विशेषता सामसङ ग्यालेक्सी एस १० स्मार्टफोनको

काठमाडौं– सामसङ इलेक्ट्रोनिक्सले हालै ग्यालेक्सी एस १० स्मार्ट फोन बजारमा उपलब्ध गराएको छ ।

स्मार्टफोनको बजारमा सम्पूर्ण आवश्यकताहरुलाई सामसङ ग्यालेक्सी एस १० स्मार्टफोनले समेट्ने आशा गरिएको छ ।एस सेरिजअन्तर्गत विभिन्न चार प्रकारका फोनहरु बजारमा प्रस्तुत गरेको छ । सामसङले बजारमा आफ्नो बलियो छाप छोड्नलाई क्यामरा, डिस्प्ले तथा कर्याक्षमतासुधार गरी नयाँ अवधारणासहित सामसङ ग्यालेक्सी एस १० स्मार्टफोन बजारमा आएको छ । 

एक दशकभन्दा लामो अनुसन्धानबाट विकास भएको सामसङ ग्यालेक्सी एस १०स्मार्टफोन हरेक दृष्टिबाट उत्कृष्ट छ– यसको डिस्प्ले, क्यामरा, कार्यक्षमता– सबै उत्कृष्ट रहेको कम्पनीको भनाई छ ।

एएमओएलईडी डिस्प्ले एवं अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानरको साथ फुल स्क्रिनको जीवन्त अनुभव लिन सकिन्छ

स्मार्टफोनको नयाँ मापदण्डका रुपमा ग्यालेक्सी एस १० मा नयाँ डाइनामीक एएमओएलईडी डिस्प्ले, न्यू जेनेरेशन क्यामेरा चुस्त कार्यक्षमता आदिले ग्राहकहरुलाई वास्तवमै सन्तुष्ट पार्ने कम्पनीले विश्वास गरेको छ

विगत“१० वर्ष अघि बाट सामसङले जब ग्यालेक्सी एस सिरिज बजारमा प्रस्तुत गर्यो त्यस पछि एस सिरिज नविन आविष्कारका साथ ग्राहकहरुलाई अभूतपूर्व क्षमता प्रदान गरी पहिचान स्थापिन गर्न दिनहुँ दिन  सफल भइरहेको छ । ग्यालेक्सी एस १० का चार प्रकारमा मोडलहरुले खास खास विशेषता सहित ग्राहकवर्गलाई आफ्नो नवीन कार्यक्षमता प्रदर्शन गर्ने छन्”।

विश्वकै पहिलो एचडीआर १०ं प्रमाणित डाइनामिक एएमओएलईडी डिस्प्ले एवं अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानरको साथ फुल स्क्रिनको जीवन्त अनुभव लिन सकिन्छ । यस फोनमा हरेक डिजिटल विषयवस्तुहरु स्पष्टरुपमा देख्न सकिन्छ भने यसको वृहत् कलरहरुले तस्वीरलाई जीवन्त तुल्याउन मद्दत पुगेको छ ।

ग्यालेक्सी एस १० को डाइनामिक एएमओएलईडी डिस्प्ले भिडीई प्रमाणित भएको कम्पनीले बताएको छ । डिस्प्ले मेटद्वारा प्रमाणित भएको हुँदा यसले वास्तविक रंगदेखाउछ भने यसले नीलो रंगलाई घटाई आँखालाई हेर्न अझ धेरै सहजता प्रदान गर्दछ ।

ग्यालेक्सी एस१०ले नयाँ जमानाको वाईफाई६सँग आवद्ध गराउँदछ, भीडभाड हुने स्थानहरु जस्तै एयरपोर्ट आदिमा यो ४ गुणा छिटो हुन्छ । गेमको लागि एआईमा आधारित यो फोन गेमिङ्गको लागि विशेष छ ।
ग्यालेक्सी एस१० प्रिज्म ह्वाईट, प्रिज्म ब्ल्याक र प्रिज्म ब्ल्यू गरी ३ रंगमा उपलब्ध हुनेछ ।

यो फोन प्रिअडर गर्ने ग्राहकहरुले ग्यालेक्सी बड्स निःशुल्क रुपमा पाउनु सक्नेछन् । प्रि अडर यही मार्च १ देखि मार्च १४ तारिख सम्म गर्न सकिने छ । साथै अन्य सुविधा र बिभिन्न उपहारहरु पनि यसमा समावेश गरिएको छ। 

 

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago