स्थापना दिवस मनाउदै जरोकिलो महाअभियान

भविन्द्र गौतम, २७ माघ । वैज्ञानिक सत्ययुगको लक्ष्य लिएर स्थापना भएको जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्तिले आफ्नो स्थापना दिवस आज मनाउदैछ । श्रीपञ्चमीका दिनमा “वैज्ञानिक सत्ययुग” को लक्ष्यसहित स्थापना भएको एक महाअभियान हो जरो र किलो ।

विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक एवं सहृदयताको सम्बन्ध लाई आधार मानि तीन वर्ष पहिले, आजकै तिथिमा, विधिपूर्वक संकल्प लिई सार्वजनिक आह्वान गरिएको जरो किलो महाअभियानको संकल्प दिवस आज नेपालमा मेचीदेखि महाकाली सम्म एवं संसारका विभिन्न देशहरुमा समेत मनाइँदैछ । मात्रात्मक र गुणात्मक दुवैथरी उपलब्धि लाई अङाल्दै स्वक्रियात्मक पद्धतिबाट अगाडि बढ्नका लागि साधनाको दिव्य अवसर यो संकल्प दिवसले दिनेछ । सबै सहृदयजनको दिव्य कर्मको कारणले कम समयमै जरो किलो महाअभियान ठूलो जनसमुदायको आशिर्वादको पात्र एवं आशा, अपेक्षा, विश्वासको केन्द्र बनेको भन्दै संकल्पकर्ता डा. निर्मलमणि अधिकारीले सबै सहृदयी जनसमुदाय लाई यो महाअभियानमा सहभागी हुन आग्रह गर्नुभएको छ । उहाले सर्वे भवन्तु सुखिनः भन्ने आदर्शलाई व्यवहारतः लागू गर्ने वैज्ञानिक सत्ययुगको लक्ष्यमा कृतसंकल्पितछौँ भन्दै यो अभियान सफल हुने बताउनुभयो । 

सन्कल्प दिवसको अवसरमा शनिबार प्रतिस्ठानको केन्द्रिय कार्यालयमा केन्द्रिय समितिको सत्संग बोलाइ  सातै प्रदेशका प्रदेश संयोजकहरूबाट आफ्ना देशभक्ति र सेवाका प्रतिवेदन प्रस्तुत गरीएको थियो । आगामी दिनका मौलिक रैथाने शक्तिका नयाँ कार्यक्रमवारे केन्द्रको ध्यानाकर्षण पनि गराईएको थियो। सत्संगमा मौलिक रैथाने शक्तिका अध्यक्ष सुशिल गौतमले देश सेवाको प्रतिवेदन र महासचिव लिला बहादुर बानियाँले मौलिक रैथाने शक्तिको सांगठनिक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सन्कल्प दिवसको विशेष कार्यक्रम माघ २७ गते बिहान ११ बजे काठमाडौ मा हुने प्रतिस्ठानले जनाएको छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago