नेपालीहरुको महान चाड दशैको शाब्दीक मुल्य र मान्यता |

जापान -प्रमोद लामिछाने

भौगोलिक अवस्थाले केही विकट मानिएतापनि कला , संस्कृति, परम्परा र रितीरिवाजमा अब्बल रहेको देश नेपालमा यति बेला हिन्दु धर्मालम्बीहरुको श्रेष्ठचाड दशैले पाइला टेकिसकेको छ।मनसुनलाई विदाई गरेसँगै सुरु हुने वडा दशै नेपालीहरुको जेष्ठ अनि श्रेष्ठ चाड हो भन्दा फरक पदैन। आश्विन शुक्ल प्रतिपदा घटस्थापनाको दिन जमरा राखी नवमी सम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरुको पुजा अरधना गरिन्छ। प्रतिपदा देखि क्रमश:- शैलपुत्री , ब्रम्हचारिणी , चन्द्रघण्टा , कुष्माण्डना , स्कन्दमाता , कात्यानि , कालरात्री , महागौरी र शिद्र रात्री सहित नवदुर्गाहरुको पुजा आराधना गरिन्छ भने विजया दशमीको दिन भगवतीले दानबी शक्ति माथि र रामले रावण माथि विजय हासिल गरेको उपलक्ष्यमा नावदुर्गा भवानीको पुजा स्वरुप रातो टिका र जमरा लगाउने गरिन्छ ।
नयाँ नयाँ पहिरनमा सुसज्जित भई आफुभन्दा मान्यजनको हातबाट टिका आशिर्वाद थापी मिठो मिठो परिकार खाने यो चाडको प्रमुख विशेषता नै हो। मानो रोपेर मुरी फलाएको , अन्नरुपी सम्पत्ति भित्र्याउन पाएको र भगवानहरु आफुप्रति कृतज्ञ रहेको खुशियालीमा मानाउने वडा दशै नेपालमा मात्र नभई भारत, भुटान र बर्मामा समेत विभिन्न तरिकाले मनाइन्छ |
१५ दिने लामो यो चाड विशेषत घटस्थापना , सप्तमी ,अष्टमी , महानवमी र दशमीले ठुलै महत्व राखेको पाइन्छ | घटस्थापना दशैको सुरुको दिन हो जुन दिन प्रत्येक हिन्दुले आफनो घरमा सरसफाई गरि जौ र मकैको मिश्रण गरि पुजा आरधना गरि जमरा राख्ने गर्दछन । सप्तमी : – यो दशैको सातौ दिन हो जसलाई फुलपाती समेत भनिन्छ। जहाँ फुलको अर्थ फुल र पातीको अर्थ फुलको पात भन्ने हुन्छ । परम्परागत रुपमा त्यस दिन ब्राह्मण अथवा पुजारीले शाही कलश, केराको डाँठ , जमरा र उखु रातो कपडाले बाँधेर गोरखाबाट काठमाडौ ल्याउने गरिन्छ । साथै उक्त दिन काठमाडौको टुडिखेलमा नेपाली सेनाले परेड आयोजना गरि हातहतियार समेत प्रदर्शन समेत गर्दछन । अष्टमी : – दशैको आठौ दिन महाअष्टमीको रुपमा परिचित छ। यस दिन दुर्गा र कालीको पुजा गरिन्छ । यस दिन मानिसहरुले देवीको प्रसादको रुपमा बाख्रा, भैंसी, कुखुरा , बोका , खसीको वली दिइने गरिन्छ । नवमी : – नवमी दशैको नवौ दिन अर्थात नवरात्रीको अन्तिम दिन हो । यस दिन काली र दुर्गा भवानीको मन्दिरमा भक्तजनहरुको ठुलो भिड लाग्ने गर्दछ । यसै दिन सृजनात्मकताको भगवान अर्थात विश्वकर्मा पुजा पनि गरिन्छ।
दशमी : – विजया दशमी अर्थात दशैको सबैभन्दा महावपूर्ण दिन हो । यस दिन आफु भन्दा मान्यजनहरुको हातबाट टिका र जमरा लगाई आशिर्वाद लिने गरिन्छ । चामलमा दही, रातो रङ, र चिनीको समिश्रण गरि तयार पारिएको टिका र जौ र मकैको जमरा अतिनै पवित्र मानिन्छ ।
Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago