नेपालीहरुको महान चाड दशैको शाब्दीक मुल्य र मान्यता |

जापान -प्रमोद लामिछाने

भौगोलिक अवस्थाले केही विकट मानिएतापनि कला , संस्कृति, परम्परा र रितीरिवाजमा अब्बल रहेको देश नेपालमा यति बेला हिन्दु धर्मालम्बीहरुको श्रेष्ठचाड दशैले पाइला टेकिसकेको छ।मनसुनलाई विदाई गरेसँगै सुरु हुने वडा दशै नेपालीहरुको जेष्ठ अनि श्रेष्ठ चाड हो भन्दा फरक पदैन। आश्विन शुक्ल प्रतिपदा घटस्थापनाको दिन जमरा राखी नवमी सम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरुको पुजा अरधना गरिन्छ। प्रतिपदा देखि क्रमश:- शैलपुत्री , ब्रम्हचारिणी , चन्द्रघण्टा , कुष्माण्डना , स्कन्दमाता , कात्यानि , कालरात्री , महागौरी र शिद्र रात्री सहित नवदुर्गाहरुको पुजा आराधना गरिन्छ भने विजया दशमीको दिन भगवतीले दानबी शक्ति माथि र रामले रावण माथि विजय हासिल गरेको उपलक्ष्यमा नावदुर्गा भवानीको पुजा स्वरुप रातो टिका र जमरा लगाउने गरिन्छ ।
नयाँ नयाँ पहिरनमा सुसज्जित भई आफुभन्दा मान्यजनको हातबाट टिका आशिर्वाद थापी मिठो मिठो परिकार खाने यो चाडको प्रमुख विशेषता नै हो। मानो रोपेर मुरी फलाएको , अन्नरुपी सम्पत्ति भित्र्याउन पाएको र भगवानहरु आफुप्रति कृतज्ञ रहेको खुशियालीमा मानाउने वडा दशै नेपालमा मात्र नभई भारत, भुटान र बर्मामा समेत विभिन्न तरिकाले मनाइन्छ |
१५ दिने लामो यो चाड विशेषत घटस्थापना , सप्तमी ,अष्टमी , महानवमी र दशमीले ठुलै महत्व राखेको पाइन्छ | घटस्थापना दशैको सुरुको दिन हो जुन दिन प्रत्येक हिन्दुले आफनो घरमा सरसफाई गरि जौ र मकैको मिश्रण गरि पुजा आरधना गरि जमरा राख्ने गर्दछन । सप्तमी : – यो दशैको सातौ दिन हो जसलाई फुलपाती समेत भनिन्छ। जहाँ फुलको अर्थ फुल र पातीको अर्थ फुलको पात भन्ने हुन्छ । परम्परागत रुपमा त्यस दिन ब्राह्मण अथवा पुजारीले शाही कलश, केराको डाँठ , जमरा र उखु रातो कपडाले बाँधेर गोरखाबाट काठमाडौ ल्याउने गरिन्छ । साथै उक्त दिन काठमाडौको टुडिखेलमा नेपाली सेनाले परेड आयोजना गरि हातहतियार समेत प्रदर्शन समेत गर्दछन । अष्टमी : – दशैको आठौ दिन महाअष्टमीको रुपमा परिचित छ। यस दिन दुर्गा र कालीको पुजा गरिन्छ । यस दिन मानिसहरुले देवीको प्रसादको रुपमा बाख्रा, भैंसी, कुखुरा , बोका , खसीको वली दिइने गरिन्छ । नवमी : – नवमी दशैको नवौ दिन अर्थात नवरात्रीको अन्तिम दिन हो । यस दिन काली र दुर्गा भवानीको मन्दिरमा भक्तजनहरुको ठुलो भिड लाग्ने गर्दछ । यसै दिन सृजनात्मकताको भगवान अर्थात विश्वकर्मा पुजा पनि गरिन्छ।
दशमी : – विजया दशमी अर्थात दशैको सबैभन्दा महावपूर्ण दिन हो । यस दिन आफु भन्दा मान्यजनहरुको हातबाट टिका र जमरा लगाई आशिर्वाद लिने गरिन्छ । चामलमा दही, रातो रङ, र चिनीको समिश्रण गरि तयार पारिएको टिका र जौ र मकैको जमरा अतिनै पवित्र मानिन्छ ।
Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago