“अब गुटबन्दी होइन पार्टी र रुख चिन्ह सम्झेर एकजुट हुन आबस्यक रहेको ” – पौडेल

गोविन्द लामिछाने  नवलपुर पौष २३ ।  नेपाली काङ्गेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो समूह त्यो समुह भनेर होइन अब एक भएर हिड्ने बेला आएको बताउनु भयो ।

 कावासोतीमा नेपाल प्रेस युनियन नवलपुर शाखाले आयोजना गरेको सूर्यभक्त – पतानादेवी स्मृति पत्रकारिता पुरस्कार २०७४ र २०७५ को  वितरण समारोहलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले भन्नुभयो  – “तपाईहरु माथीका नेतालाई चाहि“ गुटबन्दी नगर्नुस् मिल्नुस् भनेर अर्ति दिने अनि आफुचाहि जिल्लामा गुटबन्दी  गरेर बस्ने ?” अब तपाईहरुले शेरवहादुर , रामचन्द्र हैन नेपाली काङ्गेसको रुख चिन्ह मात्रै सम्झनुहोस् ।

पौौडेलले भन्न्नुभयो- कांग्रेसमा भर्खर सम्पन्न महासमिति वैठक सफल भएको टिप्पणी गर्दै महासमिति वैठकले काङ्गेसलाई फुटाउने नभई जुटाउने काम गरेकाले काङ्गेस एक ढिक्का भएरै छाड्ने दावी समेत गर्न्नुभयो । पौडेलले भन्न्नु भयो – कांग्रेस  अब फुट्दैनन बरु बलियोसंग जुट्छ । ’

यस्तै फरक प्रसंगमा  अहिलेको सरकार एकपछि अर्को निरकुंशताको सिंढी चढ्दै गईरहेको आरोप लगाउनु भयो  । अहिलेको सरकारले स्वतन्त्र निकायलाई कमजोर पारेर निरकुशंताको सिंढी चढ्दै गएको बताउनु भयो । यस्तै सरकारले भ्रष्टाचारीलाई ढाकछोप गर्ने काम गरेको आरोप समेत उहांले लगाउनु भयो  । “सरकार आफैले भ्रष्टाचारिलाई ढाकटोप गरेको छ । ”

पौडेलले भन्न्नु भयो –  कम्युनिष्ट सरकारले पक्षपातको शासन गरिरहेको आरोप लगाउदै भने ‘दुई तिहाईको सरकारले घोर पक्षपातको शासन लागु गर्दैछन । सरकार एक पछि अर्को गर्दै क्रमश काण्डै काण्डमा मुछिएको पनि उहाँ ले बताउनुभयो ।सूर्यभक्त – पतनादेवी स्मृति पत्रकारिता पुरस्कारबाट यसवर्ष चार जना पत्रकारलाई सम्मान गरिएको छ ।

प्रजातन्त्रका सेनानी, नेपाल किसान संघका संस्थापक अध्यक्ष एवं नवलपुरका अग्रज राजनीतिज्ञ सूर्यभक्त अधिकारीको स्मृतिमा उहााँका जेष्ठ सुपुत्र  मदनभक्त अधिकारी र परीवारको सहयोगमा अक्षयकोषको स्थापना गरिएको हो ।

नेपाल प्रेस युनियनले आइतबार कावासोतीमा २०७४ सालको पुरस्कारबाट पत्रकार  गणशेखर शर्मा र पुरुश्वतम सुबेदीलाई सम्मानित गर्यो भने २०७५ सालको पुरस्कारबाट पत्रकार बसन्त प्रकाश उपाध्याय र पोषण केसी.लाई सम्मान गरेको हो ।

उनीहरुलाई नेपाली काङ्गेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ताम्रपत्र र दोसल्ला र नगद पुरस्कारले सम्मान गरेका थिए ।कार्यक्रममा नेपाली काँग्रेस नवलपरासीका सभापति विष्णु लामिछानेले “कांग्रेस केन्द्रबाट नै एकताको संदेश लियेर गाउँ प्रवेश गरेको र सूर्यभक्त – पतनादेवी स्मृति पत्रकारिता पुरस्कारबाट यसवर्ष चार जना पत्रकारलाई सम्मान गरिएको छ ।

प्रजातन्त्रका सेनानी, नेपाल किसान संघका संस्थापक अध्यक्ष एवं नवलपुरका अग्रज राजनीतिज्ञ सूर्यभक्त अधिकारीको स्मृतिमा उहााँका जेष्ठ सुपुत्र   मदनभक्त अधिकारी र परीवारको सहयोगमा अक्षयकोषको स्थापना गरिएको हो ।

कार्यक्रममा नेपाली काँग्रेस नवलपरासीका सभापति विष्णु लामिछानेले “कांग्रेस केन्द्रबाट नै एकताको संदेश लियेर गाउँ प्रवेश गरेको र इतिहास देखी बर्तमान र भबिस्य सम्म पनि जनताको साथ दिने एकमात्र पार्टी कांग्रेस भएको र कार्यकर्तालाई हतोत्साहित नहुन अनुरोध गर्नुभएको थियोे ।”प्रेस यूनियनका अध्यक्ष बद्री सिग्देल , पुरस्कारका संरक्षक मदनभक्त अधिकारी , काङ्गेस नवलपरासीका नेता महेन्द्रध्वज जि.सी. लगायतले शुभकामना राखेका थिए ।

अधिकांश बक्ताले नेपाली कांग्रेस एक भइ अगाडी बढ्नुपर्ने र सहि दिशानिर्देशका साथ देशलाई दबदवाबाट निकास दिनुपर्नेमा जोड दिएका थिए ।कार्यक्रम प्रेस युनियन नवलपुरका सभापति बिरेन्द्र पराजुलीको सभापतित्वमा भएको थियोे भने कार्यक्रमको सहजीकरण प्रेसयुनियन नवलपुर जिल्ला सचिब आशिष रेग्मिले गरेका थिए ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago