टोकियो । गैरआवासीय नेपाली संगठन (एनआरएनए) जापान र विप्स ल एसोसिएट्स प्रालि काठमाडौंबीच निशुल्क कानुनी परामर्श प्रदान गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको छ । उच्च शिक्षा तथा रोजगारीको सिलसिलामा जापान गएका नेपालीलाई नेपालमा आइपर्ने कानुनी समस्याको समाधान र नेपालमा लगानी तथा व्यवसाय सञ्चालनका विषयमा कम्पनीले कानुनी परामर्श प्रदान गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
सम्झौतामा एनआरएनए जापानका तर्फबाट अध्यक्ष टासी वाङ्दी लामा र विप्स ल एसोसिएट्सका तर्फबाट सञ्चालक सन्तोष तिवारीले हस्ताक्षर गरेका छन् ।नेपालमा लगानीका गर्न चाहने जापानिज लगानीकर्तालाई समेत कम्पनीले उचित कानुनी परामर्श दिने बताइएको छ । एनआरएनए जापानको सिफारिसमा जापानबासी नेपालीले टेलिफोन र इमेलबाटै कानुनी परामर्श लिन सक्ने विप्स ल का सञ्चालक सन्तोष तिवारीले बताए ।
विप्स ल एसोसिएट्सले कानुनी परामर्शका लागि एउटा छुट्टै डेस्कको व्यवस्थापन गर्ने समेत सम्झौतामा उल्लेख छ । सम्झौताले नेपालमा लगानीको अवसर खोजेर बसेका गैरआवासीय नेपालीलाई फाइदा पुग्ने विश्वास गरेको सञ्चालक तिवारीले बताए । सम्पर्कको विप्स ल एसोसिएट्स इमेल wips.trademark@gmail.com तथा एनआरएनए जापानमार्फ़त सम्पर्क गर्न समेत सकिने जनाएको छ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…