काठमाडौं । अमेरिकामा स्वतन्त्रता दिवसकै दिन क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । क्यालिफोर्निया राज्यको लस एन्जलसबाट उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर केन्द्रविन्दु भएर गएको भूकम्प ६.४ रेक्टर स्केल मापन गरिएको छ ।
आजको भूकम्पलाई दक्षिण क्यालिफोर्नियाको २ दशकयताकै शक्तिशाली मानिएको छ । अहिले पनि परकम्प गइरहेको छ भने कुनै परकम्प शक्तिशाली हुने भन्दै सचेत रहन भनिएको छ ।
भूकम्पबाट भौतिक क्षति पुगेको विवरण प्राप्त भएको छ । तर मानवीय क्षतिबारे जानकारी प्राप्त नभएको सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
भूकम्पले दक्षिण क्यालिफोर्नियामा सबैभन्दा बढी क्षति पुगेको छ । भूकम्पपछि करिब २ दर्जन स्थानमा आगलागी भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भूकम्पलगत्तै ट्वीट गरेर स्थिति नियन्त्रणमा रहेको बताएका छन् ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…