बेलायती लेखिका क्याथरिन आर्मेरोडले यसैलाई मध्यनजर गर्दै हालै लेखेको आफ्नो पुस्तक ‘हृवाइ सोसल मिडिया इज रुनिङ योर लाईफ’मा सामाजिक सञ्जालको लतबाट छुटकारा पाउने उपाय सुझाएकी छिन् ।किनकी च्याटमा कुराकानी गर्दा उनीहरुलाई न त भोक प्यास लाग्छ न त अरु काममा मन लाग्छ ।
प्रेम देखाउने र आफ्नो साथीको महत्व दर्शाउने हरेक मानिसको फरक फरक तरिका हुन्छ । सामाजिक सञ्जालमा प्रेम देखाउने र आफ्नो साथीको महत्व दर्शाउने तारिका सत्य नहुँन सक्छ । तेसैले तपाईं कल्पनामा बगेर अरुको जीवनमा वा फिल्ममा जस्तै आफ्नो जीवनमा पनि होस् भन्ने चाहनुहुन्छ भने यसले फाइदा गर्दैन ।
यसैले फेसबुक वा हृवाट्सएपका साथीले च्याटमा आफ्नो पार्टनरले महंगा उपहार वा सरप्राइज डिनर डेट दिएको कुरा गरे पनि तपाईंले आफ्नो पार्टनर सँग पनि यस्तो आशा नगर्नुहोस् ।
फेसबुकको दुनियाँमा चलिरहेका हलचल र भाइरल भएका कुराहरुलाई आफ्नो भावनामा कहिल्यै पनि हावी हुन नदिनुहोस् । त्यस्तै सामाजिक सञ्जालमा अरुको खुसी पनि तुलना नगर्नुहोस् ।अरु संगको तुलना गर्दा दुःखी हुन सकिंन्छ । समय बित्दै जाँदा आफ्नो आत्मिय मानिसहरुसँगै घुमफिर गर्ने र आफ्नो उनीहरुसँग खुसीयाली मनाउने मौका सबैको जीवनमा आउँछ भन्ने कुरा कहिल्यै नभुल्नुहोस् ।
सामाजिक सञ्जालको लतले आजभोलि आँखामा आँखा जुधाएर मनदेखि नै कुराकानी हुँदैन । च्याटिङमा कहिलेकाँही मानिसहरु पोस्टलाई लाइक गरेर वा त्यसमा राम्रो कमेन्ट दिएर त्यस भावनाको दर्शाउँछन् ।वास्तविक जीवनमा भेट्दा र कुराकानीको सिलसिला अगाडि बढ्दै जाँदा मतभेद हुने सम्भावना रहन्छ । कैयौं मानिसहरु त बहसको डरले नै धेरै कुराकानी गर्नबाट हिच्किचाउँछन् जुन गलत हो ।
सामाजिक सञ्जालको लतले आजभोलि मानिस सधै मोवाइल र ईटरनेटमा बेस्थ रहनछन । तर बेडरुम र लिभिङ रुमको कामको व्यस्तताबाट बाहिर निस्केर परिवारको साथमा खुसीयालीपूर्ण पल बिताउने मौका दिन्छ भने यो समयको सदुपयोग गर्नु पर्दछ । यसैले क्याथरिनिले यो समयलाई फोन फ्रि जोन बनाउने सल्लाह दिन्छिन् ।
डाइनिङ रुममा पनि फोनको प्रयोगबाट बच्नुपर्ने उनको सुझाव छ ताकी परिवारको साथमा खाना खाँदै रमाइलो पलको भरपुर फाइदा उठाउन सकियोस् ।उनका अनुसार फोनको प्रयोग गर्ने समय पनि निर्धारित गर्नुपर्छ । दिनको दुई घन्टा पार्टनर र बच्चाको साथमा बिताउनुपर्छ ।
प्रेम देखाउने र आफ्नो साथीको महत्व दर्शाउन क्याथरिनका अनुसार सम्बन्ध खुसीको चाबी हो । तर, आफ्नासँगको सम्बन्ध अनलाईन दुनियाँ सम्म सिमित हुन हुँदैन । समय समयमा भेट्ने र फोनमा कुरा गर्नाले सम्बन्ध मजबुत बनाउँछ ।
फेसबुक, हृवाट्सएपमा भएका साथीहरुसँग भेटको लागि समय निकाल्नुहोस् । हप्ता, दुई हप्तामा फोनमा कुरा गर्ने नियम बनाउनुहोस् । यदि साथीले तपाइर्ंको कोसिसमा साथ दिएनन् भने उनीहरुसँग दुरी बढाउनुमै फाइदा छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…