जापानमा रहेको दुई नेपाली बिद्यार्थी समाज बिच एकता , एकतापत्र मा हस्ताक्षर ।

उच्च शिक्षा हासिल गर्नको लागि जापान आएका विद्यार्थीहरुको दुई संस्था बिच एकताको प्रारम्भ भएको छ ।  नेपाल जापान विद्यार्थी समाज र नेपाली विद्यार्थी समाज जापान (नेसाज )बिच एकता शुरु भएको छ ।  

एकता पछी संस्थाको नाम नेपाली विद्यार्थी समाज जापान (नेसाज) रहनेगरी दुई संस्थाका प्रतिनिधि बिच हस्ताक्षर समेत भएको जनाईएको छ । तत्कालको लागि दुबै संस्थाबाट ११ सदस्सिय  मुल आयोजक समिती बनाउने तथा एक जना संरक्षक नेपाल जापान समाजको तर्फबाट  चयन गर्नेगरी कार्यबिधी तयार पारिएको छ ।  

 नेपाल जापान विद्यार्थी समाजको तर्फबाट चेतन पौडेल र कृष्ण प्रसाद भुसाल तथा  नेपाली विद्यार्थी समाज जापानको तर्फबाट तेज प्रकाश गुरुङ् र  सुमन श्रेष्ठले पहिलो चरणका उपलब्धिलाई कार्यान्वयन गर्ने गरी हस्ताक्षर गर्नुभएको छ । 

एकता पछीको मुल अायोजक समितिले महाधिबेशन सम्म दश लाखको आपत्कालिन राहत कोष संकलन गर्ने तथा अनलाईनको माध्यमबाट सदस्यता खुलाउने गरी प्रतिबद्धता सहित यही जुलाई ७ तारिख सम्ममा बिधान लगायत सबै पक्षमा सहमति जुताउने नेपाल जापान विद्यार्थी समाजका अध्यक्ष चेतन पौडेलले बताउनुभएको छ ।  

 १९९७ मा गठित नेपाली विद्यार्थी समाज जापान र २०१५ मा गठित नेपाल जापान विद्यार्थी समाजको एकताले सार्थकता पाउदै विद्यार्थीको हक ,हित ,अधिकार र अाइपर्ने समस्या समाधानको लागि पनि एकता महशुस भएको र सोही अनुसार प्रक्रिया अगाडि बढाईएको नेपाली विद्यार्थी समाजका तेज प्रकाश गुरुङ्ले बताउनुभयो ।  भने यो प्रक्रियाले एकता पश्चात् हरेक विद्यार्थीमा अाइपर्ने समस्याको समाधान गर्न सहज हुने विश्वाश विद्यार्थीहरुले लिएका छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago