facebook cryptocurrency
जापान । सोसल मिडिया कम्पनी फेसबुकले आफ्नै डिजिटल मुद्रा क्रिप्टोकरेन्सीको विकास गर्न लागेको छ । त्यस क्रिप्टोकरेन्सीलाई प्रयोगकर्ताले ह्वाट्सएप मार्फत पनि पठाउने सक्नेछन् ।ब्लुम्बर्गका अनुसार उक्त स्टेबल क्वाइन एक प्रकारको डिजिटल करेन्सी हुनेछ र त्यसको मूल्य अमेरिकी डलर बराबर हुनेछ । फेसबुकको उक्त मुद्रा बिटक्वाइन जस्ता क्रिप्टोकरेन्सी जस्तो अस्थीर नहुने भएकोले पनि धेरैको रोजाइमा पर्ने विश्वास गरिएको छ ।
अखिर के हो त क्रिप्टोकरेन्सी ?
क्रिप्टो करेन्सी एउटा डिजिटल मुद्रा हो जसलाई अनलाइन मार्फत रकम भुक्तानी वा ट्रान्सफर गर्दा प्रयोग गरिन्छ ।यो वास्तवमा पैसाको अनलाइन संस्करण वा भर्चुअल मुद्रा हो भन्दा फरक पर्दैन ।डिजिटल मुद्रा जसलाई एक जनाबाट अर्को व्यक्तिमा हस्तान्तरण गर्न सकिन्छ ।सबैखाले क्रिप्टो करेन्सीले ब्लकचेन प्रविधिको प्रयोग गर्दछन् । विशिष्ट खालका नियमहरुको आधारमा यस्ता मुद्राको सिर्जना हुन्छ । हरेक क्रिप्टो करेन्सीका लागि छुट्टै नियम हुन्छ ।एक तथ्यांक अनुसार अहिले विश्वमा हरेक दिन क्रिप्टो करेन्सी मार्फत २ लाख ७० हजार पटक रकम लेनदेन हुन्छ ।
फेसबुकले यस्तो ‘स्थीर मुद्रा’ बनाउँदैछ जसलाई प्रयोगकर्ताले फेसबुकको मोबाइल मेसेजिंग सर्भिस मार्फत पैसा पठाउने प्रयोजनमा प्रयोग गर्न सक्नेछन् ।फेसबुकलाई आफ्नो डिजिटल मुद्रा वास्तविक रुपमा लञ्च गर्नका लागि केही समय भने लाग्नेछ । फेसबुक प्रवक्ताका अनुसार अहिले कम्पनीले यसको रणनीति बनाइरहेको छ र ब्लकचेन टेक्नोलोजीको क्षमताबाट बढि भन्दा बढि लाभ कसरी उठाउन सकिन्छ भन्ने कुराको खोजी गरिरहेको छ ।
स्मरण रहोस् पेपल कम्पनीका पूर्वअध्यक्ष डेभिड मार्कसलाई फेसबुकमा भित्राएसँगै फेसबुकले कुनै खाले वित्तिय सेवाको विकासमा काम सुरु गरेको अड्कल धेरैले काटेका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…