गोविन्द लामिछाने , नवलपुर , पौष २१ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल भोली नवरपुर आउने हुनुभएको छ । पौडेल नेपाल प्रेस युनियन नवलपुर द्द्वारा स्थापना गरिएको सूर्यभक्त –पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा आउने नेपाल प्रेस युनियन नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले बताउनु भयो ।
गत वर्ष र यस बर्षको पत्रकारिता पुरस्कारबाट पत्रकारहरु पोषण के. सी., वसन्त प्रकाश उपाध्याय, पुरुषोत्तम सुवेदी र गणशेखर शर्मालाई पुरस्कृत गर्ने निर्णय गरिएको प्रेस युनियन नवलपुर शाखाका सचिव तथा प्रवक्ता आशिक रेग्मीले जानकारी दिनुभयो । प्रेस यूनियनले प्रत्येक वर्ष वितरण गर्दै आएको पुरस्कार विविध कारणवस गतबर्ष वितरण भएको थिएन । यस पटक गत वर्ष र अहिलेको गरी दुई वर्षको एकैसाथ वितरण गर्न लागिएको यूनियन नवलपुरले जनाएको छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…