जापानमा रहेको दुई नेपाली बिद्यार्थी समाज बिच एकता , एकतापत्र मा हस्ताक्षर ।

उच्च शिक्षा हासिल गर्नको लागि जापान आएका विद्यार्थीहरुको दुई संस्था बिच एकताको प्रारम्भ भएको छ ।  नेपाल जापान विद्यार्थी समाज र नेपाली विद्यार्थी समाज जापान (नेसाज )बिच एकता शुरु भएको छ ।  

एकता पछी संस्थाको नाम नेपाली विद्यार्थी समाज जापान (नेसाज) रहनेगरी दुई संस्थाका प्रतिनिधि बिच हस्ताक्षर समेत भएको जनाईएको छ । तत्कालको लागि दुबै संस्थाबाट ११ सदस्सिय  मुल आयोजक समिती बनाउने तथा एक जना संरक्षक नेपाल जापान समाजको तर्फबाट  चयन गर्नेगरी कार्यबिधी तयार पारिएको छ ।  

 नेपाल जापान विद्यार्थी समाजको तर्फबाट चेतन पौडेल र कृष्ण प्रसाद भुसाल तथा  नेपाली विद्यार्थी समाज जापानको तर्फबाट तेज प्रकाश गुरुङ् र  सुमन श्रेष्ठले पहिलो चरणका उपलब्धिलाई कार्यान्वयन गर्ने गरी हस्ताक्षर गर्नुभएको छ । 

एकता पछीको मुल अायोजक समितिले महाधिबेशन सम्म दश लाखको आपत्कालिन राहत कोष संकलन गर्ने तथा अनलाईनको माध्यमबाट सदस्यता खुलाउने गरी प्रतिबद्धता सहित यही जुलाई ७ तारिख सम्ममा बिधान लगायत सबै पक्षमा सहमति जुताउने नेपाल जापान विद्यार्थी समाजका अध्यक्ष चेतन पौडेलले बताउनुभएको छ ।  

 १९९७ मा गठित नेपाली विद्यार्थी समाज जापान र २०१५ मा गठित नेपाल जापान विद्यार्थी समाजको एकताले सार्थकता पाउदै विद्यार्थीको हक ,हित ,अधिकार र अाइपर्ने समस्या समाधानको लागि पनि एकता महशुस भएको र सोही अनुसार प्रक्रिया अगाडि बढाईएको नेपाली विद्यार्थी समाजका तेज प्रकाश गुरुङ्ले बताउनुभयो ।  भने यो प्रक्रियाले एकता पश्चात् हरेक विद्यार्थीमा अाइपर्ने समस्याको समाधान गर्न सहज हुने विश्वाश विद्यार्थीहरुले लिएका छन् ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago