माघिको अवसरमा २ दिन सार्बजनिक बिदा

बुटवल । मगर र थारु जातीको बाहुल्यता रहेकोले ५ नम्बर प्रदेश सरकारले माघे संक्रान्तिका अवसरमा दुइ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ५ नम्बर प्रदेश सरकार मन्त्रीपरिषदको मङगलवार बुटवलमा वसेको बैठकले माघ एक र दुइ गते दुइ दिन विदा प्रदेश भरी सार्बजनिक बिदा दिने निर्णय गरेको हो ।

माघी पर्बको पुर्बसन्ध्यामा पुष ३० गते आन्तरीक मामिला तथा कानुन मन्त्रालयको सम्योजनमा मुख्यमन्त्री शंकर पोखरेलको निवासमा शुभकामना आदान–प्रदान तथा जलपान कार्यक्रम समेत आयोजना गर्ने निर्णय भएको  प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारि दिए । 

मगर समुदायमा प्रचलित खानाका परिकार बटुक र बंगुर तथा थारु समुदायको प्रचलित खाना ढिकरी, माछा र घोगी खुवाइ लोप हुन लागेको सस्कृती को जगेर्ना गराउने प्रयास गर्ने प्रदेश सरकारले जनाएको छ । प्रदेश स्तरीय नेपाल मगर संघ र थारु कल्याणकारी सभाका पदाधिकारी तथा सदस्यहरुको सहभागितामा जलपान कार्यक्रम सन्चालन हुने प्रवक्ता चौधरीले बताए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago