समृद्धिका लागि कलम चलाउन आवश्यक

दमौली, चैत्र १६ । सञ्चारकर्मीहरुले समृद्धिलाई मद्धत पुग्ने गरी कलम चलाउन आवश्यक रहेको तनहुँका गरिएको एक कार्यक्रमका अवसरमा सञ्चारकर्मीले जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घको ६३ औ स्थापना दिवसको उपलक्ष्यमा नेपाल पत्रकार महासङ्घ तनहुँले दमौलीमा गरिएको प्रभातफेरी पछिको कार्यक्रममा वत्ताहरुले सो कुरामा जोड दिएका हुन् । नेपाली राजनीति र सञ्चारको विकास एकै साथ भएको र जनताले अधिकार प्राप्त गरिसकेको र अब समृद्धिको लागि देश अघि बढेकाले पत्रकारको प्राथमिकता पनि समृद्धि नै हुनु पर्ने अधिकांशको भनाई रहेको थियो । प्राथमिकता दिएर कलम चलाउन आवश्यक रहेको कुरामा जोड दिएका छन् । कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी तथा नेपाल पत्रकार महासङ्घ तनहुँका पूर्व अध्यक्ष विश्वबन्धु भण्डारीले नेपालमा राजनैतिक परिवर्तनको सन्र्दभमा नेपाल पत्रकार महासङ्घले विशिष्ट योगदान दिएको त्यसलाई राजनीतिक पाटीले विर्सन नहुने बताए । साथै भण्डारीले जनताका प्रतिनिधीले लेखि सकेको संविधान प्राप्त गरिसकेको अबको पालो समृद्धि भएकोले त्यसलाई पूर्णता दिने गरी कलम चलाउनु पर्नेमा जोड दिए । महासङ्घ तनहुँका अध्यक्ष ओमकार आचार्यले पूर्ण प्रेस स्वतन्त्रता भने पनि पत्रकारहरुलाई दुव्यवहार हुने , हातपात हुने ,कुटपिट , धक्की हुने जस्ता श्रृङ्खला नरोकिएको सबै पत्रकार एक ढिक्का भएर पत्रकार महासङ्घ मात्रै नभएर सिङ्गो पत्रकारितालाई जोगाउन आवश्यक रहेको बताए । साथै अध्यक्ष आचार्यले पर्यटन लगायत समृद्धी टेवा पुग्ने कुरालाई प्राथमिकता दिन आवश्यक रहेको बताउनु बताए । कार्यक्रममा महासङ्घ पूर्व अध्यक्ष प्रेमप्रसाद पौडेल, निर्वमान अध्यक्ष डम्बर अधिकारी लगायतले नेपाली जनता सुखी र समृद्धि बन्ने नयाँ चेतनाको लागि युवा जोश र जागरणका साथ कलम चलाउनु पर्नेमा जोड दिए । सोही अवसरमा पत्रकार महासंघ तनहुँले शिव पन्चायन परिसरमा संचालन भइरहेको १८ महिने अखण्ड हरिकिर्तनका लागि ३ हजार १ सय १८ रुपैयाँ सहयोग प्रदान गरिएको थियो ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago