डा. गोविन्द केसी लगायत उनका पक्षधरको लामो संघर्षपछि अन्तत : प्रतिनिधिसभाबाट चिकित्सा शिक्षा अध्यादेश पारित भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अध्यादेशमा भएका कमजोरीहरु प्रतिस्थापन विधेयकमा सच्याउने सकिने भन्दै गरेको प्रस्ताव मंगलबारको प्रतिनिधिसभा बैठकको बहुमतले अध्यादेश पारित गरेको हो।
बैठकमा शिक्षामन्त्री पोखरेलले अध्यादेशका कमजोरी प्रतिस्थापन विधेयकमा सच्याउने सकिने भन्दै अध्यादेश पास गर्नु पर्ने प्रस्ताव गरेका थिए। पोखरेलले चिकित्सा शिक्षा अध्यादेश जनहितको पक्षमा रहेको भन्दै पास गर्नु पर्ने वकालत गरेका थिए।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल अध्यादेशको विपक्षमा उभिएपनि अन्ततः त्यो पारित भएको हो।सुवालले उपत्यकामा १० वर्ष खोल्न नदिने, मनसाय प्राप्त गरिसकेका निजी मेडिकल कलेज खारेज हुनुपर्ने लगायत अध्यादेशका प्रावधानको विरोध गरेका थिए।
उक्त अध्यादेशलाई मंगलबारको मन्त्रिपरिषद्को बैठकले समेत प्रतिस्थापन विधेयकको रुपमा जारी गर्ने निर्णय गरेको छ। डा. केसीको पटकपटकको अनशनपछि शेरबहादुर देउवा सरकारले अध्ययादेश जारी गरेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश गत कात्तिक २४ गते प्रमाणीकरण गर्नुयकोथियो ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…