सहरका युवायुवतीहरू विभिन्न पार्क तथा मन्दिरहरूमा भेट नै गफगाफमा समय बिताउँछन्, तर जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे युवायुवती कसरी रमाइलो गर्छन् होला ? यो जिज्ञासा मेट्न दुई वर्षसम्म विभिन्न समयमा फिरन्ते राउटेसँग साक्षात्कार गर्ने क्रममा केही रमाइला प्रेम-प्रसंग अगाडि आए |
अन्य समुदायमा जस्तै राउटे युवायुवतीहरू पनि आपसमा भेटघाट र रमाइलो गर्छन्। भेटघाटका लागि टाढै जानुपर्ने अवस्था नभए पनि बसोबास गरेकै स्थानमा एक्लै भेटेर कुराकानी गर्छन् । मस्केर कुरा गर्छन्। जंगलमा दाउरा लिन जाँदा, टहरा बनाउने काम गर्दा अनि चाडपर्वमा नाचगान गर्दा पनि उनीहरू भेटघाटको तालमेल मिलाउँछन्।
राउटेहरूले सामान्यतः नुहाउन मन नगर्ने भए पनि युवतीहरू नुहाएर सफा हुन्छन्, सकेसम्म सिँगारपटार गर्छन्, उपलब्ध गहनामा ठाँटिन्छन्। कतिपय युवती चिटिक्क परेर पनि बस्छन्। चिटिक्क परेका बेला उनीहरू राउटे युवतीजस्ता पनि देखिँदैनन्। युवायुवतीबीच प्रेम भएपछि मागेर विवाह गर्ने चलन छ। उनीहरू अभिभावकहरूसँग कुरा गरेर विवाहको तयारी गर्छन्। सामान्यतः केटाकेटीले मन पराएपछि अभिभावकहरूले अस्वीकार गर्दैनन्।
छोराको विवाहका लागि मगनी गर्न अभिभावकहरूले केटीको घरमा ‘पाहुर’ लिएर जानुपर्ने चलन छ। पाहुरस्वरूप मह, मासु आदि मीठा खानेकुरा लिएर जाने प्रचलन रहेको मुखिया मैनबहादुर शाहीले बताए। ‘मह दिएर खुसी पारेपछि बुहारी पाइने सम्भावना बढी हुन्छ। शाहीका अनुसार ‘उपहार स्वीकार गरेपछि छोरी दिनुपर्ने हुन्छ। विवाह पक्कापक्कीजस्तो हुन्छ।
विवाहमा केटा पक्षले केटीलाई गहनाहरू दिने चलन हुन्छ। सिल्पटका चुरा, कानमा रिङ, पोतेजस्ता गहना र सम्भव भए एकसरो नयाँ कपडाले दुलहीलाई सिँगारिन्छ।विवाहपछि सुहागरात कहाँ कसरी मनाउँछन् त ? ‘मिल्यो भने छुट्टै छाप्रो बनाएर बस्छौं। जंगलतिर एक्लै काठ काट्न र सिकार खेल्न जान्छौं’ राउटे युवती मैना शाहीले लजाउँदै भनिन्— ‘केही दिन रमाइलो गर भनेर सबैले छोडिदिन्छन्।
परिवार र मुखियाले पनि केही काम लगाउँदैनन्।’ केटाकेटीले आपसमा मन पराएपछि बुहारी माग्न जाने, विवाहको मिति तय गर्ने र सानोतिनो भोज गरेर विवाह गर्ने चलन छ। भोजका रूपमा उनीहरू भात, मासु र जाँड बनाउँछन्। राउटे युवतीहरूले फुपूका छोरासँग विवाह गर्छन्। ‘मामाकी छोरीसँग विवाह गर्ने चलन हुन्छ। ‘मन परेकी केटी देखेपछि ११-१२ वर्षकै उमेरमा पनि मायाप्रेम बस्छ। मन पर्यो भने यो मेरो हो भनेर रोजेर राख्नुपर्छ।’ एउटाले रोजिसकेकीलाई अरूले हेर्न पाउँदैनन् ।
‘रोज्नेले मात्र विवाह गर्न पाउँछ,’ उनले भने— ‘रोजेकोमध्ये एक जनाको मृत्यु भए कतिपय त उसैका नाममा जीवनभर बिधवा/बिदुर भएर पनि बस्छन्।’ महिलाको संख्या थोरै भएकाले पाका पुरुषले कलिलो उमेरका युवतीसँग विवाह गर्ने चलन पनि रहेको राउटेका पूर्व मुखिया ऐनबहादुर शाहीले बताए।
काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…
८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…
काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…
बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…