नेपाली कांग्रेस जिल्ला कार्य समितिका कोषाध्यक्षहरूको दोस्रो राष्ट्रिय सम्मेलन आगामी चैत ७ र ८ गते नुवाकोटको विदुरमा हुने भएको छ।
नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्य समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नुवाकोटको विदुरमा सम्मेलन गर्न लागिएको जानकारी गराएको हो। पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष गोविन्द पुडासैनीले कांग्रेसलाई नवजीवन प्रदान गर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको जानकारी दिए।
‘हामी बदलिन्छौं, काँग्रेसलाई बदल्छौं’ भन्ने मूल नारा तय गरिएको सम्मेलनमा पार्टीको आर्थिक स्रोतलाई सुदृढ, समृद्ध, पारदर्शी र जवाफदेही बनाउन सफल हुने विश्वास पनि व्यक्त गरिएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समितिका कोषाध्यक्षहरुले गिरीजाप्रसाद कोइरालाको स्मृति दिवसको अवसर पारेर राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेका हुन्।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…