आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा

सुनसरी, माघ १०

थ्रीस्टार क्लब इटहरीमा जारी प्रथम मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ‘टाइब्रेकर’मा पराजित गर्दै थ्रीस्टार फाइनलमा पुगेको हो ।

निर्धारित् ९० मिनेटको खेलमा आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठ र थ्रीस्टारका मार्टिन्स अजयीले गोल गर्दै १/१ को बराबरी गरेपछि खेल टाइब्रेकरमा पुगेको थियो । नवयुगले खेलको २६औं र थ्रीस्टारका विदेशी खेलाडी अजय मार्टिनले ५८औं मिनेटमा गोल गरेका थिए ।

टाइब्रेकरमा थ्रीस्टार ५-३ ले विजयी भयो । थ्रीस्टारका बुद्ध चेम्जोङ, निराजन खड्का, सुनील बल, अनन्त थापा र धिजन सुब्बाले गोल गरे भने आर्मीका नवयुग, सन्तोष तामाङ र दीप लामाले गोल गर्दा अरिर विष्ट गोल गर्न चुके । खेलको ‘म्यान अफ द म्याच’ थ्रीस्टारका अजय मार्टिन घोषित भए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago