आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा

सुनसरी, माघ १०

थ्रीस्टार क्लब इटहरीमा जारी प्रथम मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ‘टाइब्रेकर’मा पराजित गर्दै थ्रीस्टार फाइनलमा पुगेको हो ।

निर्धारित् ९० मिनेटको खेलमा आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठ र थ्रीस्टारका मार्टिन्स अजयीले गोल गर्दै १/१ को बराबरी गरेपछि खेल टाइब्रेकरमा पुगेको थियो । नवयुगले खेलको २६औं र थ्रीस्टारका विदेशी खेलाडी अजय मार्टिनले ५८औं मिनेटमा गोल गरेका थिए ।

टाइब्रेकरमा थ्रीस्टार ५-३ ले विजयी भयो । थ्रीस्टारका बुद्ध चेम्जोङ, निराजन खड्का, सुनील बल, अनन्त थापा र धिजन सुब्बाले गोल गरे भने आर्मीका नवयुग, सन्तोष तामाङ र दीप लामाले गोल गर्दा अरिर विष्ट गोल गर्न चुके । खेलको ‘म्यान अफ द म्याच’ थ्रीस्टारका अजय मार्टिन घोषित भए ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago