अब वृद्ध भत्ता ६५ वर्षमै दिने

काठमाडौं : सरकारले अब वृद्ध भत्ता ६५ वर्षकै उमेरमा दिने भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले वृद्ध भत्ता पाउने उमेर हद पाँच वर्ष घटाएर ६५ वर्षमा झारेको वाणिज्यमन्त्री मीन विश्वकर्माले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए । ‘सम्पन्नले मात्र वृद्ध भत्ता पाउने प्रचलनको अन्त्य गर्न सरकारले वृद्धभत्ता पाउने आयु पाँच वर्ष घटाएको छ’, मन्त्री विश्वकर्माले भने ।
त्यसैगरी मन्त्रिपरिषद् बैठकले बाढी र भूकम्पपीडितलाई एकएक लाख रकम थप दिने निर्णयसमेत गरेको छ। सँगै बुधबारको मन्त्रिपरिषद् बैठकले दलित, महिला तथा विपन्न (परिचयपत्र वाला) वर्गको व्यक्तिले निजी व्यवसाय दर्ता गर्नु पर्दा एक करोड पूँजी भए निशुल्क र एक करोड बढी पूँजीमा कम्पनी दर्ता गर्नु परे ५० प्रतिशत मात्र शुल्क लिने निर्णयसमेत गरेको छ ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago