माघ १०, काठमाडौं माघ २४ गते बुधवार हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि बुधवार उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ताका लागि २१ दलका प्रतिनिधि निर्वाचन अधिकृतको कार्यालय आउने निर्वाचन आयोगले बताएको छ ।
मनोनयन दर्ताका लागि आयोगले उच्च अदालत रहेका विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । उम्मेदवारी मनोनयन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।
बुधवार मनोयनन दर्ता गरेका उम्मेदवारलाई निर्वाचन आयोगले छानबिनपछि यही माघ १५ गते चुनाव चिन्ह प्रदान गर्नेछ ।
प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक पिछडिएका क्षेत्र वा अल्पसङ्ख्यकसहित आठ जनाका हिसाबले ५६ जना राष्ट्रियसभा सदस्यमा निवाचित हुने संवैधानिक प्रावधान छ । ५९ सदस्यीय राष्ट्रिय सभामा तीनजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछन् । राष्ट्रियसभा सङ्घीय संसद्को माथिल्लो सदन हो ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्य गरी २ हजार ५६ मतदाता छन् ।
उच्च अदालत रहेका जिल्लाका जिल्ला न्यायाधीश राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत तोकिएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन कतिपय राजनीतिक दलले चुनावी तालमेल गरी उम्मेदवार उठाएका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…