मधेसले छुट्टै देश माग्न सक्छ , महन्थ ठाकुर

वीरगंज : प्रदेश दुईको विभिन्न स्थानमा राजपालगायत दलहरुले संविधान जारी भएको दिनलाई कालो दिवसको रुपमा मनाउँदा मधेश आन्दोलनका अगुवाले भने मृत संविधानको पुनर्जीवन खोज्न नसकिने अवधारणा राखेका छन्।

संविधान जारी भएको असोज ३ गते बुधबार वीरगन्जमा आयोजित ‘नेपालको संविधान २०७२ मा जनताको अवधारणा’ विषयक कार्यक्रममा बोल्दै लेखक खगेन्द्र संग्रौलाले संविधानको विरोध गर्नेलाई विखण्डनकारी भनिन्छ तर जसले यो संविधान जारी गरयो तिनीहरु नै विखण्डणकारी भएको बताए। उनले मधेसीको रगतमा लगपतिएको संविधानमा संसोधन नगरेसम्म यसले पुनर्जीवन नपाउने धारणा राखे।

संघिय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले भने संविधान संशोधन हुन्छ भन्ने आशामा फोरम सरकारमा गएको तर मधेसको माग सम्बोधन नभए दसैं, तिहार लगत्तै पार्टीले मन्त्री फिर्ता बलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए।

मधेस मिडिया फाउन्डेसनका तुला नारायण साहले तीन ठूला दलका खस आर्य समूहका सांसदको स्वार्थमा संविधान जारी गरीएकाले मधेसी, दलित, जनजातिको आधिकार संविधानमा नसमेटिएको बताए।

राजपाका सह अध्यक्ष लक्ष्मणलाल कर्णले मधेस आन्दोलका क्रममा गिरफतार गरिएका छुट्लान, संविधान संसोधन होला भन्ने आशामा आफूहरुले सरकारलाई समर्थन गरेको जिकिर गरे। ‘समर्थन दिएपनि हामी अझैसम्म विपक्षमै बस्दै आएका छौँ’, उनले भने, ‘सरकारले दिएको आश्वासन पूरा गरेन भने समर्थन फिर्ता लिएर आन्दोलनमा जान्छौ ।

डा.सुन्दरमणी दीक्षितले मधेस कमजोर भए समग्र नेपाल पनि कमजोर हुने भएकाले उनीहरुको मुद्दा सम्बोधन गर्न दुई तिहाईको सरकार उदार हुनैपर्ने बताए। ‘यसका लागि फोरम र राजपा पनि एक जुट हुनैपर्छ नभए शासकहरुले खेल्ने मौका पाउँछन्’, उनले भने।

राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मधेसी समुदायको दुख देखेर आफनो आँसु नै रित्तिइसकेको भन्दै राजपा कसैको पिछलग्गु नबन्ने स्पष्ट पारे । ‘मधेसको मुद्दालाई किनारा लगाएर कुनै हालतमा आत्मसमर्पण गर्दैनौं’, उनले भने, ‘अन्तिम समयसम्म ललड्नेछौँ।’ सानो पाइला, सेसीफ र युवा संघ शक्ति सघंको आयोजनामा भएको बहस कार्यक्रम बिहीबार पनि चल्नेछ।

घण्टारघरमा राजपाको कालो दिवस : राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मधेसको माग समयमै संबोधन हुन नसके अलग मधेसको माग पनि उठ्न सक्ने चेतावनी दिएका छन्।

संविधान जारी भएको असोज ३ का दिन कालो दिवसका रुपमा मनाउने क्रममा बुधबार वीरगन्जको घण्टाघर चोकमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै ठाकुरले भने, ‘महाभारतमा पाण्डवले पाँच गाउँ माग्दा कौरवले पुरै राज्य नै गुमाउनु परेको थियो, यदि मधेसका माग र असन्तुष्टि समयमै सम्बोधन हुन सकेन भने मधेसले छुट्टै देशको पनि माग गर्न सक्छ।’

लोकतन्त्र प्राप्तिको संघर्षमा मधेसीको पनि त्याग र बलिदानी रहेको उनले स्मरण गरे। ‘लोकतन्त्रमा हाम्रो पनि अंश छ, हाम्रो पनि हिस्सेदारी छ । तर त्यो अहिलेसम्म पनि पाउन सकिएको छैन’, ठाकुरले भने, ‘यदि त्यो अंश र हिस्सा मधेसीले पाउन सकेनन् भने मधेसीले अलग राष्ट्रको नै माग गर्न सक्छन्।’

बुहदलीय प्रजातन्त्र पछि मुलुकका हरेक प्रधानमन्त्रीले मधेसी दलसँग पटक–पटक सम्झौता र सहमति गर्दै आएको भएपनि उत्तः सहमति र सम्झौता कार्यान्वयनमा धोका दिएको आरोप ठाकुरले लगाए। मधेसीबाट खोसिएका हक अधिकार नपाएसम्म मधेसमा संविधानविरुद्ध संघर्ष जारी नै रहने उनको भनाइ छ।

विरोधसभालाई सम्बोधन गर्दै राजपाका सह-अध्यक्ष लक्ष्मणलाल कर्णले मधेसीको बलिदानी र त्यागलाई राजपाले खेर जान नदिने बताए। अन्नपूर्ण पोस्टमा खबर छ ।

Bishawas Acharya

Recent Posts

ताप्लेजुङमा बोलेरोमा आगलागी: चार जनाको ज्यान गयो, दुई घाइते

फुङ्लिङ (ताप्लेजुङ), वैशाख ९ – ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० स्थित सेवारोचोकमा बोलेरो गाडीमा भएको आगलागीमा परी…

55 years ago

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago