पाकिस्तानको नयाँ सरकारले पुरानो सरकारले किनेका ७० वटा अत्याधुनिक कार बिक्री गरेको छ। पाकिस्तानको प्रधानमन्त्री कार्यालयमा रहेका ७० वटा सुविधासम्पन्न कार लिलाम बिक्री गरिएको हो। प्रधानमन्त्री इमरान खानले घोषणा बिक्री भएको पैसा राज्यको ढुकुटीमा जम्मा गर्ने निर्णय यस अघि नै गरेका थिए।
सोही क्रममा उनले प्रधानमन्त्रीको सरकारी आवासमा समेत नबस्ने घोषणा गर्दै तीन बेडरुम भएको एउटा सामान्य घरलाई आफ्नो सरकारी निवास बनाएका छन्। लिलामीका लागि १०२ वटा कार राखिएकोमा सोमबार ७० वटा कार बिक्री भएको हो।
उनले बजार मूल्यभन्दा बढी दाममै ती कार बिक्री भएको पाकिस्तानका सूचना मन्त्री फवाद चौधरीले बताएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। त्यस्तै उनले प्रधानमन्त्री निवासमा रहेका केही भैँसीसमेत बेच्ने सरकारको योजना रहेको उनले जानकारी दिए। वर्तमान सरकारले नवाज शरीफको कार्यकालमा प्रधानमन्त्रीको सरकारी निवासमा पालिएका ८ भैँसी बेच्ने योजना बनाएको हो। स्रोत अन्लाईन ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…