मनिला, फिलिपिन्स – फिलिपिन्समा ‘म्याङ्कुट’ नामक भीषण आँधीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ८१ पुगेको प्रहरीले बुधबार जानकारी दिएको छ । यस प्रकोपमा परी अझै पनि ७० बेपत्ता रहेका र बेपत्ता भएका व्यक्तिहरु प्रायःभीषण आँधीपछि आएको पहिरोमा पुरिएको हुनुपर्ने अनुमान गरिएको छ ।
फिलिपिन्स राष्ट्रपतिका सल्लाहकार फ्रान्सीस टोलेन्टिनोले उद्धारकार्य जारी रहने र पहिरो प्रभावित क्षेत्रबाट सम्भव भएसम्म जीवितै उद्धार गरिने जानकारी दिनुभएको छ । यस आँधीले प्रायः पहाडी इलाका प्रभावित पारेको छ । यसैकारण आँधीपछि पहिरोको प्रकोप जारी रहेको छ ।
यस आँधीबाट हताहत र बेपत्ता पनि यसै पहाडी इलाकामा बढी भएको छ । फिलिपिन्समा यस वर्ष आएको आँधी मध्ये म्याङ्कुट अत्यन्त शक्तिशाली भएको बताइएको छ । गत शनिबार लुजोन द्वीपबाट शुरु भएको यस शक्तिशाली आँधीबाट घरहरु क्षतिग्रस्त भएको विद्युती लाइनमा अवरुद्ध हुनुका साथै रुखहरु ढलेको र पहिरो पनि सताएको बताइएको छ ।
यस आँधीबाट कृषि क्षेत्रमा २६ करोड ४३ लाख अमेरिकी डलर बराबरको नोक्सानी भएको राष्ट्रिय प्रकोप व्यवस्थापन परिषदले जानकारी दिएको छ । फिलिपिन्समा यस वर्ष आएको यो १५आँै आँधी हो । हाल आएको म्याङ्कुट अत्यन्त शक्तिशाली आँधीका रुपमा रहेको छ । यस वर्षको अन्त्यसम्म अझै पनि चार या पाँच वटा आँधी आउने फिलिपिन्सको मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
प्रहरी प्रवक्ता बेनिग्नोे दुरानाले गत सोमबार प्रकाशित गर्नुभएको विज्ञप्तिका अनुसार मृतक सङ्ख्या ६५ पुगेको थियो । उपचारका क्रममा घाइतेहरु मारिएका र बेपत्ताको शव फेला परेपछि बुधबार म्याङ्कुटबाट मारिनेको सङ्ख्या ८१ पुगेको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ । आँधीका कारण फिलिपिन्सका लाखौँ भएका छन् ।
आँधीपछि गएको भूस्खलनका कारण यस क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ । हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । सामुद्रिक र हवाइ यात्रामा रोक लगाइएको छ भने विद्यालयहरू बन्द गरिएका छन् । मध्य फिलिपिन्समा सन् २०१३ मा आएको सुपर टाइफून ‘हाइयान’ का कारण छ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी स्न् २०१३ मा राजधानी मनिलामा आएको ‘केत्साना’ नामक आँधीका परी सात सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । स्रोत अन्लाईन ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…