मनिला, फिलिपिन्स – फिलिपिन्समा ‘म्याङ्कुट’ नामक भीषण आँधीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ८१ पुगेको प्रहरीले बुधबार जानकारी दिएको छ । यस प्रकोपमा परी अझै पनि ७० बेपत्ता रहेका र बेपत्ता भएका व्यक्तिहरु प्रायःभीषण आँधीपछि आएको पहिरोमा पुरिएको हुनुपर्ने अनुमान गरिएको छ ।
फिलिपिन्स राष्ट्रपतिका सल्लाहकार फ्रान्सीस टोलेन्टिनोले उद्धारकार्य जारी रहने र पहिरो प्रभावित क्षेत्रबाट सम्भव भएसम्म जीवितै उद्धार गरिने जानकारी दिनुभएको छ । यस आँधीले प्रायः पहाडी इलाका प्रभावित पारेको छ । यसैकारण आँधीपछि पहिरोको प्रकोप जारी रहेको छ ।
यस आँधीबाट हताहत र बेपत्ता पनि यसै पहाडी इलाकामा बढी भएको छ । फिलिपिन्समा यस वर्ष आएको आँधी मध्ये म्याङ्कुट अत्यन्त शक्तिशाली भएको बताइएको छ । गत शनिबार लुजोन द्वीपबाट शुरु भएको यस शक्तिशाली आँधीबाट घरहरु क्षतिग्रस्त भएको विद्युती लाइनमा अवरुद्ध हुनुका साथै रुखहरु ढलेको र पहिरो पनि सताएको बताइएको छ ।
यस आँधीबाट कृषि क्षेत्रमा २६ करोड ४३ लाख अमेरिकी डलर बराबरको नोक्सानी भएको राष्ट्रिय प्रकोप व्यवस्थापन परिषदले जानकारी दिएको छ । फिलिपिन्समा यस वर्ष आएको यो १५आँै आँधी हो । हाल आएको म्याङ्कुट अत्यन्त शक्तिशाली आँधीका रुपमा रहेको छ । यस वर्षको अन्त्यसम्म अझै पनि चार या पाँच वटा आँधी आउने फिलिपिन्सको मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
प्रहरी प्रवक्ता बेनिग्नोे दुरानाले गत सोमबार प्रकाशित गर्नुभएको विज्ञप्तिका अनुसार मृतक सङ्ख्या ६५ पुगेको थियो । उपचारका क्रममा घाइतेहरु मारिएका र बेपत्ताको शव फेला परेपछि बुधबार म्याङ्कुटबाट मारिनेको सङ्ख्या ८१ पुगेको प्रहरी स्रोतले बुधबार जानकारी दिएको छ । आँधीका कारण फिलिपिन्सका लाखौँ भएका छन् ।
आँधीपछि गएको भूस्खलनका कारण यस क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ । हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । सामुद्रिक र हवाइ यात्रामा रोक लगाइएको छ भने विद्यालयहरू बन्द गरिएका छन् । मध्य फिलिपिन्समा सन् २०१३ मा आएको सुपर टाइफून ‘हाइयान’ का कारण छ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । त्यसैगरी स्न् २०१३ मा राजधानी मनिलामा आएको ‘केत्साना’ नामक आँधीका परी सात सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । स्रोत अन्लाईन ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…