भट्टराईको भारतीय सेनापतिलाई चेतावनी ,आफ्नै देशको चिन्ता लेउ, नेपालको चिन्ता लिन हामी पर्याप्त छौँ

काठमाडौं : सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले भारतीय सेना प्रमुख विपिन रावतको भनाइको प्रतिवाद गरेका छन्। भारतीय सेना प्रमुख विपिन रावतको नेपाल भारततीय नझुकी सुखै नभएको भन्ने अभिव्यक्तिको सांसद भट्टराईले प्रतिवाद गरेका हुन्।

सोमबार राति एक ट्विट गर्दै भट्टराईले नेपालले विगतमा जे जस्तो गल्ती गरेको भएपनि अबका दिनमा त्यस्तो गल्ती नहुने लेखेका छन्। नेपाल चीनतिर ढल्किएको भन्ने भारतीय सेना प्रमुखको भनाइको पनि सांसद भट्टराईले जवाफ दिएका छन्। उनले नेपाल आफ्नै स्थानमा रहने र भारत तथा चीन कतैतिर पनि नढल्किने लेखेका छन्।

उनले भारतीय सेना प्रमुख रावतलाई नेपालको बारेमा भन्दापनि आफ्नै देशको र आफ्नो बारेमा चिन्ता गर्न सुझाव दिएका छन्। उनले लेखेका छन्, ‘आफू र आफ्नो देशको बारेमा चिन्ता लिनुहोस्, नेपालको बारेमा चिन्ता गर्न हामी नै प्रयाप्त छौँ।’

भारतीय सेना प्रमुख रावतले बिम्स्टेक सैनिक अभ्यासको समापन कार्यक्रममा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै नेपाल र भुटान भारतसँग नझुकी सुखै नभएको बताएका थिए। जसको नेपालमा राजनीतिक तथा नागरिक तहमा व्यापक विरोध भइरहेको छ। सोमबारदेखि सामाजिक सञ्जालमा भारतीय सेना प्रमुख रावतले नेपालबारे दिएको विवादित अभिव्यक्तिको कडा विरोध भइरहेको छ।

नेपाली सेनाका मानार्थ सेनापतिसमेत रहेका रावतको उक्त भनाइको नेपाल सरकारको आधिकारीक धारणा आएको छैन। राजनीतिक दलहरूले पनि उक्त भनाइबारे आफ्नो धारणा सार्वजनिक नगरिरहेको अवस्थामा नेकपाका नेता तथा सांसद भट्टराईको यो भनाइ सार्वजनिक भएको हो।

भारतीय सेना प्रमुख विपीन रावतले नेपाल र भुटानलाई भारतसँग नझुकी सुख नरहेको बताएका थिए। उनले भारतको पुनेमा सेप्टेम्बर १० देखि सुरु भएको बिम्स्टेक सैन्य अभ्यासको समापनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै त्यस्तो बताएका थिए। रावतले भौगोलिक बनावटका कारण नेपाल र भूटानले भारतको विकल्प खोज्न नसक्ने बताएका थिए। उनले चीनतिर ढल्कनका लागि दुवै देशलाई भौगोलिक बनावटले साथ नदिने तर्क गरेका थिए।

बिम्स्टेक सैन्य अभ्यासको समापनमा भारतीय सेना प्रमुख रावत दायाबाट पहिलो। सैन्य अभ्यासमा नेपालको अनुपस्थिती र चीनसँग उसको बढ्दो झुकावबारे सोधिएको प्रश्नमा रावतले भनेका थिए, ‘नेपालले आफूलाई भारतबाट अलग गर्नै सक्दैन, भौगोलिक बनावटका कारण पनि नेपाल र भुटान जस्ता देश स्वभाविक रुपमै भारततर्फ झुकाव राख्नुपर्ने खालका छन्।

बिम्स्टेकमार्फत् छिमेकीहरूसँग सम्बन्ध सुदढ बनाउने प्रयासमा भारत रहेको भन्दै सेना प्रमुख रावतले ठूलो देश भएका नाताले आफूहरूले पहलकदमी लिएको उल्लेख गरेका थिए। बिम्स्टेक सैन्य अभ्यासमा भारत, म्यानमार, भुटान, श्रीलंका र बंगालदेशका सेना सहभागी थिए भने थाइल्याण्ड र नेपालले पर्यवेक्षक पठाएको थियो। काठमाडौंमा भएको बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सैन्य अभ्यासमा सहभागी हुने निर्णय गरेपनि चौतर्फी आलोचना भएपछि नेपाल सरकारले सेनालाई भाग लिन जान रोक लगाएको थियो। अन्लाईन खबर बाट ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago