नेपाली गाई ले पनि सुत्केरी भत्ता पाउने भएकोछ ।

चितवन , रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षबाट गाईलाई सुत्केरी भत्ता कार्यक्रम शुरु गरेको छ । नगरपालिकाको पशुपक्षी शाखाका प्रमुख अनुसार साउन १ गतेदेखि लागू हुनेगरी गाईलाई सुत्केरी भत्ता दिन शुरु गरिएको हो ।साउन १ गतेबाट ब्याएका गाईले भत्ता पाउनेछन्, नगरपालिकाबाट पारित भइसक्यो, कार्यविधि बनेपछि वितरण शुरु हुन्छ तर त्यसका लागि प्रमाण भने पुर्याउनुपर्ने हुन्छ ।

भत्तास्वरुप प्रतिगाईले रु ५०० पाउने छन् । किसानलाई गाईपालनमा प्रोत्साहनका लागि यस्तो कार्यक्रम ल्याइएको हो । गाई ब्याउने वित्तिकै किसानले खबर गरेमा पशु प्राविधिक किसानकै घरमा पुगेर अभिलेख राख्ने र उपयुक्त समय मिलाएर भत्ता वितरण वितरण गरिने नगरपालिकाको पशुपक्षी शाखाले जानकरी दिएको छ ।प्रतिगाई एक हजारका दरले भत्ता दिने तयारी गरिए पनि नगरपालिकाले बजेट कटौती गरेकाले रु ५०० मात्रै दिन लागेको हो ।
रत्ननगर नगरपालिका क्षेत्रमा करीब ३५ हजार गाई छन् भने व्यावसायिक रुपमा १०० गाई फार्म छन् तर स्थानीय जातका गाईले समेत भत्ता पाउने पशु स्वास्थ्य प्राविधिक ईश्वर मिश्रले बताए ।

रत्ननगरमा कृत्रिम गर्भाधान गर्ने गाईको संख्या ६ हजार २०० छ । त्यसमा ७० प्रतिशत गाई सुत्केरी हुन्छ, भन्ने अनुमानले करिब चार हजार गाईलाई भत्ता दिने योजना बनाइएको उनको भनाइ थियो ।

यसका लागि रु ४० लाख बजेट माग गरिए पनि नगरपालिकाले रु २० लाख बजेट छुट्याएको प्राविधिक मिश्रले जानकारी दिए । थोरै गाईपालन गर्ने किसानले समेत भत्ता स्वरुपको रकम पाउनु खुसीको कुरा भएको रत्ननगरका किसान काशिराम भुषालले बताए ।यो रकमले केही हुने त होइन तर पनि सम्बोधन गर्यो, सम्झ्यो भन्ने हुन्छ नी,’ उनले थपे । सरकारले पशुपालन व्यवसायप्रति राम्रो ध्यान दिननसक्दा धेरै व्यवसायी पलायन भइरहेको समेत किसान हरुले बताए ।

रत्ननगर जिरौनामा चारवटा गाईपालन गर्दै आएका डोलबहादुर बस्नेतको दुईवटा गाई ब्याउने छन् । ‘अब गाई ब्याउने वित्तिकै खबर गर्छु,’ उनले खुशी व्यक्त गर्दै भने । रत्ननगरको पिठ्वास्थित हिमचुली दुग्ध उत्पादक सहकारीमा आवद्ध किसानका अहिले २५० गाई छन् । त्यसमध्ये आधा गाई ब्याउने छन् ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago