एमालेबाट निर्वाचित जनप्रतिनिधि गोदार सहित ७ जुवाडे प्रहरी नियन्त्रणमा

पाल्पा। तानसेन ४ खिल्खानटोलबाट वडा सदस्य सहित ७ जना जुवाडेलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको सय मिटरको दुरीबाटै नियन्त्रणमा लिएको छ।

जुवा खेलिरहेको विशेष सुराकीको आधारमा प्रहरी अधिकृतसहित खटिएको प्रहरी टोलीले छापा मार्दा सेन्चुरी हट रेष्टुरेन्टबाट जुवाडेलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।जुवाको खालबाट एक लाख प्रन्ध हजार छ सय पन्चानब्बे रुपैयाँ नगद बरामद भएको प्रहरी नायव उपरीक्षक घिमिरेले बताए।

प्रहरीका अनुसार जुवाको खालबाट तानसेन नगरपालिका ११ का वडा सदस्य चुरा बहादुर गोदार, तानसेन ४ का कृष्ण थापा, सोही स्थानका गणेश कुवर, तानसेन ३ का सुशील कुवँर, तानसेन २ का टेकनाथ न्यौपाने, तानसेन ४ का प्रकाश कार्की र रिब्दीकोट गाउँपालिका ६ का शिव जिसी पक्राउ परेका हुन् ।

जुवाडेहरुलाई अहिले प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।जुवाडेलाई नियन्त्रणमा लिएको स्थान जिल्ला प्रहरी कार्यालय पाल्पाको सय मिटरको दुरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पक्राउ परेकाहरुलाई तत्काल छुटाउन नेकपाका स्थानिय नेताहरुले केन्द्रीय नेताहरुलाई आग्रह गरेका छन्। प्रहरीले भने जुवाडे छुटाउन कुनै नेताको दवाव अहिलेसम्म नआएको बताएको छ।

प्रहरीले शुक्रवार उनीहरु विरुद्धको मुद्धा दर्ता हुने जनाएको छ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago