एमालेबाट निर्वाचित जनप्रतिनिधि गोदार सहित ७ जुवाडे प्रहरी नियन्त्रणमा

पाल्पा। तानसेन ४ खिल्खानटोलबाट वडा सदस्य सहित ७ जना जुवाडेलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयको सय मिटरको दुरीबाटै नियन्त्रणमा लिएको छ।

जुवा खेलिरहेको विशेष सुराकीको आधारमा प्रहरी अधिकृतसहित खटिएको प्रहरी टोलीले छापा मार्दा सेन्चुरी हट रेष्टुरेन्टबाट जुवाडेलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।जुवाको खालबाट एक लाख प्रन्ध हजार छ सय पन्चानब्बे रुपैयाँ नगद बरामद भएको प्रहरी नायव उपरीक्षक घिमिरेले बताए।

प्रहरीका अनुसार जुवाको खालबाट तानसेन नगरपालिका ११ का वडा सदस्य चुरा बहादुर गोदार, तानसेन ४ का कृष्ण थापा, सोही स्थानका गणेश कुवर, तानसेन ३ का सुशील कुवँर, तानसेन २ का टेकनाथ न्यौपाने, तानसेन ४ का प्रकाश कार्की र रिब्दीकोट गाउँपालिका ६ का शिव जिसी पक्राउ परेका हुन् ।

जुवाडेहरुलाई अहिले प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।जुवाडेलाई नियन्त्रणमा लिएको स्थान जिल्ला प्रहरी कार्यालय पाल्पाको सय मिटरको दुरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पक्राउ परेकाहरुलाई तत्काल छुटाउन नेकपाका स्थानिय नेताहरुले केन्द्रीय नेताहरुलाई आग्रह गरेका छन्। प्रहरीले भने जुवाडे छुटाउन कुनै नेताको दवाव अहिलेसम्म नआएको बताएको छ।

प्रहरीले शुक्रवार उनीहरु विरुद्धको मुद्धा दर्ता हुने जनाएको छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago