बिस्वास आचार्य जापान ।
कुनै काल खन्ड मा मान्छे नाङ्गै बस्थे । पशुवत चेतना र जीवन थियो मान्छेको । अहिले जस्तो सामाजिक नियम, कानुन, मर्यादा, बन्धन केही थिएन । साँच्चै निर्बन्ध थियो मान्छे । पशु जस्तै ।
विभिन्न चरण हरु पारगर्दै संघर्षले मान्छे आज विकसित युगमा आइपुगेको छ । खासगरी परम्परागत रुपमा नारीमाथि हुँदै आएको अन्याय, अत्याचार, शोषण, दमन बिभिन्न रूपमा आज पनि जारी छ । हाम्रो संविधानमा लैंगिक समानताका शब्दहरू लेखिए पनि जीवन-व्यवहारमा डरलाग्दा असमानताहरू कायमै छन् ।
संविधानमा लैंगिक समानताका शब्दहरू लेखिए पनि तेस्को लागु गराउने राज्जे को निकाय प्रभाबकरी नहुनु मानिन्छ । जसको अन्त्यका निम्ति कठोर लडाईं अझै धेरै लड्न जरूरी छ । नारी असमानताको लडाईं नारीले मात्र लड्ने हो भन्ने भ्रम पनि हाम्रो समाजमा कायमै देखिन्छ । वास्तवमा पुरूषको सहयोगविना नारी समानताको लडाईं अधुरो र अपूर्ण रहन्छ । तसर्थ, यस लडाईंमा पुरूष सहयोगको खाँचो छ ।
नारी स्वतन्त्रताविना किमार्थ, घर-परिवार, समाज र देशमा सुख, शान्ति, खुसी र समृद्धि सम्भव छैन । पछिल्लो समयमा हाम्रो समाजमा अराजकता बढ्दो छ । सामाजिक सीमा र मर्यादा उलंघन हुने क्रम बढ्दो छ । संस्कृतिको नाममा विकृति मौलाउँदो छ । मान्छेले आफूलाई सामाजिक प्राणीको रूपमा भन्दा केवल एउटा स्वतन्त्र व्यक्तिको रूपमा जीउनमा आनान्दानुभूति गर्न थालेका छन् ।
व्यक्तिको स्वतन्त्रता पक्कै सर्वोच्च हुनुपर्छ । तर, मान्छे सामाजिक प्राणी हुनाको नाताले उसको व्यक्तिगत स्वतन्त्रता, सामाजिक हित अधीनस्थ पनि हुनैपर्छ । नत्र मान्छे जंगली युगमा नै फर्कनेछ ।हाम्रो समाज पनि परिवर्तनको बाटोमा तीब्र गतिले दगुरिरहेको छ । कैयौं सकारात्मक परिवर्तनसँगसँगै केही नकारात्मक परिवर्तन पनि देखिएका छन् । जसको नियन्त्रणमा आजैदेखि लाग्नु सबै जिम्मेवार नागरिकको कर्तव्य हो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…