स्वतन्त्रता वा बिरोधको लागि के नांगिनु नारी जायज हुन त ?

बिस्वास आचार्य जापान ।
कुनै काल खन्ड मा मान्छे नाङ्गै बस्थे । पशुवत चेतना र जीवन थियो मान्छेको । अहिले जस्तो सामाजिक नियम, कानुन, मर्यादा, बन्धन केही थिएन । साँच्चै निर्बन्ध थियो मान्छे । पशु जस्तै ।

विभिन्न चरण हरु पारगर्दै संघर्षले मान्छे आज विकसित युगमा आइपुगेको छ । खासगरी परम्परागत रुपमा नारीमाथि हुँदै आएको अन्याय, अत्याचार, शोषण, दमन बिभिन्न रूपमा आज पनि जारी छ । हाम्रो संविधानमा लैंगिक समानताका शब्दहरू लेखिए पनि जीवन-व्यवहारमा डरलाग्दा असमानताहरू कायमै छन् ।

संविधानमा लैंगिक समानताका शब्दहरू लेखिए पनि तेस्को लागु गराउने राज्जे को निकाय प्रभाबकरी नहुनु मानिन्छ । जसको अन्त्यका निम्ति कठोर लडाईं अझै धेरै लड्न जरूरी छ । नारी असमानताको लडाईं नारीले मात्र लड्ने हो भन्ने भ्रम पनि हाम्रो समाजमा कायमै देखिन्छ । वास्तवमा पुरूषको सहयोगविना नारी समानताको लडाईं अधुरो र अपूर्ण रहन्छ । तसर्थ, यस लडाईंमा पुरूष सहयोगको खाँचो छ ।

नारी स्वतन्त्रताविना किमार्थ, घर-परिवार, समाज र देशमा सुख, शान्ति, खुसी र समृद्धि सम्भव छैन । पछिल्लो समयमा हाम्रो समाजमा अराजकता बढ्दो छ । सामाजिक सीमा र मर्यादा उलंघन हुने क्रम बढ्दो छ । संस्कृतिको नाममा विकृति मौलाउँदो छ । मान्छेले आफूलाई सामाजिक प्राणीको रूपमा भन्दा केवल एउटा स्वतन्त्र व्यक्तिको रूपमा जीउनमा आनान्दानुभूति गर्न थालेका छन् ।

व्यक्तिको स्वतन्त्रता पक्कै सर्वोच्च हुनुपर्छ । तर, मान्छे सामाजिक प्राणी हुनाको नाताले उसको व्यक्तिगत स्वतन्त्रता, सामाजिक हित अधीनस्थ पनि हुनैपर्छ । नत्र मान्छे जंगली युगमा नै फर्कनेछ ।हाम्रो समाज पनि परिवर्तनको बाटोमा तीब्र गतिले दगुरिरहेको छ । कैयौं सकारात्मक परिवर्तनसँगसँगै केही नकारात्मक परिवर्तन पनि देखिएका छन् । जसको नियन्त्रणमा आजैदेखि लाग्नु सबै जिम्मेवार नागरिकको कर्तव्य हो ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago