Categories: समाचार

बागमतीबाट ३ करोड लिटर पानी वितरण सञ्जालमा थपियो

३ भदौ, काठमाडौं । शनिबारबाट काठमाडौंमा दैनिक थप ३ करोड लिटर पानी काठमाडौंमा वितरण थालिएको छ । सुन्दरीजलमा बनेको नयाँ प्रशोधन केन्द्रबाट बागमतीको पानी थपेर वितरण थालिएको हो ।

सुन्दरजलस्थित प्रशोधन केन्द्रमार्फत थपिने पानी महांकालको संकलन केन्द्रसम्म ल्याएर अन्यत्र वितरण गरिएको हो ।

बागमतीको पानीलाई नयाँ ‘टि्रटमेन्ट प्लान्ट’मा शुद्धीकरण गरिनेछ । दशैंसम्म मलेम्चीबाट १७ करोड लिटर पानी काठमाडौं ल्याउने योजनामा साथ काम भइहेको छ । काठमाडौंमा पानीको माग बढ्दै गएकाले सरकारले बागमतीको पानी वितरण लाइनमा थपेको हो ।

अहिले मेलम्चीको पानी आएपछि वितरण गर्न पाइपलाइन बिछ्याउने काम भइरहेको छ । मेलम्चीको सुरुङ फिनिसिङको काम पनि अघि बढेको छ भने हेडवक्र्समा अस्थायी संरचना तयार गरेर पानी काठमाडौं ल्याउन काम हुँदैछ ।

मेलम्चीको काम अझै नसकिएकाले पानी कहिले काठमाडौं आइपुग्छ भन्ने टुंगो छैन । यस्तो अवस्थामा खानेपानी संस्थानले थप ३ करोड लिटर पानी वितरण सञ्जालमा थपेको छ । यसले सर्वसाधाराणलाई रहात पुग्ने दावी खानेपानी तथा सरसफाइ मन्त्रालयको छ ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago