रानीपोखरी पुनर्निर्माणको जिम्मा सेनालाई नदिने निर्णय

२ भदौ, काठमाडौं । रानीपोखरी पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई नदिइने भएको छ । अब काठमाडौं महानगरपालिका आफैंले रानीपोखरी निर्माण गर्नेछ भने स्वरुप पनि पुरानै हुने सम्भावना बढेको छ ।

रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी काठमाडौं महानगरपालिकाले पाएको थियो । तर, पटकपटक विवादका कारण काम हुन नसकेपछि महानगरले सेनालाई जिम्मा दिने प्रस्ताव गर्‍यो, जसमा लगभग सहमति जुटेको थियो ।

तर, पुनर्निर्माण प्राधिकरणको सीईओमा सुशील ज्ञवाली आए लगतै सेनालाई दिने तयारी रोकिएको छ । ‘यस्ता काममा सेनालाई संलग्न गराउनु उपयुक्त हुँदैन’ ज्ञवालीले अनलाइनखबरसँग भने, ‘मैले मेयरसँग कुरा गरेको छु । महानगरपालिका आफैं रानीपोखरी बनाउन तयार भएको छ ।’

पुनर्निर्माण प्राधिकरणले महानगरपालिकालाई रानीपोखरी पुननिर्माणको टेण्डर आहृवान, निर्माण लगायतको ठोस कार्यतालिका ल्याउन पनि निर्देशन दिएको छ ।

बरु आवश्यक सहयोग गर्ने उसले बताएको छ । ‘सबै सहयोग दिन्छौं तर, कुनै पनि नाममा काममा ढिला हुनु हुँदैन र परम्परागत शैलीमा बन्नुपर्छ’ ज्ञवालीले भने ।

उनका अनुसार पुनर्निर्माणका क्रममा रानीपोखरीमा हालिएको कंक्रिट हटाउने काम भइरहेको छ ।

यो सकिएपछि जमिनको तल्लो भागमा क्ले माटो राखेर पुरानै स्वरुपको पोखरी बनाइनेछ । बाहिरी पर्खाल पनि पुरानो हटाइनेछ र इँटा, सुर्ती-चुना लगायतका प्रविधि प्रयोग गरेर पुरानै स्वरुपमा बनाइने ज्ञवालीले बताए ।

रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर पुरातत्व विभाग आफैंले निर्माण गरिसकेको छ । यसबारे छलफल गर्न ज्ञवालीले सोमबार बैठक राखेका छन् ।

ग्रन्थकुट शैलीमा जाने सम्भावना

काठमाडौं महानगरपालिकाले बनाएको विज्ञ समूहले रानीपोखरीसँगै बालगोपालेश्वर मन्दिर प्रताप मल्लले बनाएको जस्तै बनाउन सुझाव दिएको थियो । तर, विज्ञ समूहको प्रतिवेदन पुरातत्व विभागले स्वीकार गरेन ।

पुनर्निर्माण प्राधिकरणमा नयाँ नेतृत्व आएसँगै फेरि यो बहसमा आएको छ । सीईओ ज्ञवालीका अनुसार यसबारे विज्ञहरुसँग छलफल गर्ने तयारी छ । ‘ग्रन्थकुट शैली प्रमाणीकरण गर्न सक्ने भयौं भने त्यसमा जान्छौं । नभए पछिल्लो पुस्ताले देखेको शैलीमा बनाउछौं’ उनले भने ।

यदि ग्रन्थकुट शैलीमा बनाउने निर्णय भयो भने बालगोपालेश्वर मन्दिर फेरि निर्माण गर्नुपर्छ । सीईओ ज्ञवाली भने यो ठूलो विषय नभएको बताउँछन् । ‘पुरातात्विक संरचनाहरुको आफ्नो मापदण्ड छ । जुन खालको शैली हो, त्यो हाम्रो संस्कृति हो । त्यसलाई बचाउनु मुख्य हो’ उनले भने, ‘प्रक्रियागत हिसावले भएका समस्यामा त कुनै निकास निकाल्नुपर्छ । त्यसो गर्दा आवश्यक पर्‍यो भने भत्काउनु पनि पर्छ ।’

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago