दोश्रो डान्स फर द टार्इटल प्रतियोगिताको तयारी पुरा आर्इतबार १२ प्रतिस्पर्धीले उपाधीका लागि आफनो प्रतिभा देखाउदै
जापानमा रहेका नेपाली प्रतिभालार्इ उजागर गर्ने उदेश्यले पूर्वी नेपाल विकास सहकार्य केन्द्रको आयोजनामा हुदै आएको डान्स फर द टार्इटलको दोश्रो संस्करण आर्इतबार टोकियोमा हुदैछ।
करिव तीन दर्जन प्रतियोगीहरू मध्ये फार्इनलमा छनौट भएका १२ जनाले आर्इतबार साझँ उपाधीका लागि प्रतिस्पर्धा गर्दै छन। प्रतियोगिता संयोजक अमित गौतमका अनुसार टोकियो नाकानो जिरो हलमा हुने कार्यक्रममा निर्णायकहरू सामु खुल्ला नृत्य पस्किएर सहभागि मध्ये तीनजनाले प्रथम दोश्रो र तेश्रो हुदै नगद पुरस्कार सहित विभिन्न उपहार हात पार्ने छन।
आर्तबार प्रतियोगिता उपाधीका लागि लिला तामाङ, मिरा दनुवार, सापु तामाङ, रोशा लामा, उमा तामाङ, मिरा थापा, श्रृष्टीकुमारी ठकुरी, राजकुमार माझी, अनुष्का सुवेदी, सम्झाना बल, नविना दाहाल, रंजिता कुँवर र एलेक्स कँडेलले आफनो प्रतिभा देखाउने छन।
प्रतिस्पर्धामा प्रथम हुनेलाई नगद एक लाख येन, उपपविजेतालाई ५० हजार येन तथा तृतियलाई ३० हजार येन नगद पुरस्कार प्रदान गरिने छ। साथमा मेडल तथा अन्य थुप्रै उपहारहरु प्रदान गरिने प्रतियोगिता संयोजक गौतमले जानकारी दिनुभयो।
कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै संयोजक गौतमले रोमान्चक फार्इलनमा सहभागिताका लागि करिव चार सयजनाले एक हजार येन बराबरको टिकट सुरिक्षत गरिसकेको जानकारी दिनुभयो। यस्तै आयोजकले गत जुलार्इबाट जापान प्रवेश गरेका नेपाली विद्दयार्थीहरूका लागि प्रवेश निशुल्क समेत गरेको छ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…