जनसम्पर्क समिती जापान को शुभकामना आदान प्रदान , पदभार हस्तान्तरण सम्पन ।

टोकियो असोज २८ । जनसम्पर्क समिती जापान द्वारा आयोजित बिजया दशमी तथा दिपावली को अवसरमा शुभकामना आदान प्रदान चिया पान तथा पदभार हस्तान्तरण सम्पन भएको छ ।उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथिमा कार्यबाहक अध्यक्ष पिताम्बर चापागॉंईको अध्यक्षको आतित्थेमा सम्पन्न भएको थियो । 

कार्यक्रम जनसम्पर्क समितिका निवर्तमान अध्यक्ष डि पी कडेंल उपाध्यक्ष हरु राजेन्द्र जम्मरकट्टेल ,पुश्कर जंग थापा ,रामकृष्णवम मल्ल जनसम्पर्क समिति पूर्व संयोजक भुपिगोविन्द श्रेष्ठ महासमिती सदस्य सुवास लोहनी सह महामन्त्री प्रेम कडेल लगायत नेता तथा कार्यकर्ता साथै विभिन्न जापान मा क्रियाशील संघ संस्था प्रतिनिधीहरुको उपस्थिति थियो । 

कार्यक्रम को सभापति कान्तो क्षेत्र का निवर्तमान सभापति यदुराम सापकोटाले गरेका थिए भने कार्यक्रम निवर्तमान सचिव विमान सिंह मोक्तान ले सन्चालन गरेका थिय यसै अवसरमा वक्ताहरुले  बिजयदशमी को शुभकामना दिदै आफ्ना भनाई राख्ने क्रमना गुट भन्दा पनि गिरोह ले संगठनलाई कम्जोर पार्ने भन्दै गुट गिरोह मुक्त संगठनको आबश्यकता औंल्याएका थिए ।

उक्त कार्यक्रममा भख्खरै सम्पन्न कान्तो क्षेत्र को निर्वाचन को वारेमा पनि समीक्षा भएको थियो । यसै अवसरमा नव निर्वाचित कार्य समितिलाई पद भार हस्तान्तरण तथा पद तथा गोपनीयता को सफत ग्रहण गराईएको थियो निर्वाचन वाट अध्यक्षमा एकेन्द्र थापा त्यसै उपसभापतिमा क्रमश नान्सु पाण्डे, दिपेस खत्री ,रामु कंडेल र अर्जुन कंडेल विजय भएका छन्  सचिवमा लोकेन्द्र कुँवर विजय भएका छन् कोषाध्यक्षमा यमकान्त कडेंल ,सह कोषाध्यक्षमा गिता लम्साल भट्ट र सह–सचिवमा गौरा देबि सापकोटा निर्वाचित भएका थिए  त्यसै गरि सदस्यहरुमा          

१)नेत्र प्रसाद काफ्ले

२)प्रिन्सेस खरेल

३)बसन्त आचार्य

४अर्जुन खरेल

५)सम्भु केसी

६)रमेश भन्डारी

७)देबबहादुर पुन

८)सुरेन्द्र शाही 

९)सुनिता कंडेल

 निर्वाचित भएका थिए। नयॉं कार्यसमिति आजै वाट जिम्मेबारी हस्तान्तरण गरियको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago