प्रतिभा भट्टराईले आफ्नै आमाको सम्झनामा गित बजारमा आयो

सानो छदाँ हुर्कायौ बढ़ायौ ठुली भएँ खै कता हरायौ सानै देखि धोका खाईकि छु म,के गरौ खै हे ईश्वर भगवान अभागी नि साह्रै रैछु म

यो गित सुन्ने बित्तिकै हरकोहिको मन शिथिल बनाईदिन्छ, केहि छिन घोरीएर सुन्न मन लाग्छ, आफ्नी दिवंगत आमाको याद पनि पक्कै आउदो होला सानैमा आमा गुमाएका धेरै टुहुराहरुलाई । यस्तै मार्मिक शव्द तथा मिठो स्वारसहित एउटा गित बजारमा आएको छ, १० बर्षको कलिलै उमेरमा आमाले छोडेर गएपछि टुहुरी भएकी एक प्रतिभाशाली स्याङ्जा चेली प्रतिभा भट्टराईले आफ्नै आमाको सम्झनामा यो गित बजारमा ल्याएकी हुन् ।

स्वांजाको भिरकोट न पा मा जन्मेर संघर्ष गर्दै गरेकी प्रतिभाको “आमाको सम्झना” नामको गितलाई आचार्य डिजीटल पोखराले बजारमा पठाएको छ,प्रदिप भट्टराई र स्वयम गायीका प्रतिमा भट्टराईको शव्द तथा लय संकलन रहेको यस गितको छायांकन सन्तोष बस्याल तथा राजेश भण्डारीले निर्देशन गरेका छन् आमाको निधनपछि साह्रै दुखमा हुर्किएकी प्रतिमाले आफ्नै पिडा पोख्दै गितमा गाएकी छिन् ।

दुख पिडा मै माथी खन्याई गयौ आमा एकलै बनाई
हरकोहिको मनलाई तरंगित वनाउने यो गितलाई बजारमा ल्याउनका लागी सर्जक तथा गायकहरु यज्ञ सापकोटा र शालिकराम भण्डारीको बिषेश सहयोग रहेको छ, उनले
“के छ तिम्रो खवर” “घर झगड़ा” “आगो सल्कियो” लगायत लोक गित तथा “आउन कृष्ण काले” भजन किर्तनहरु बजारमा ल्याईसकेकी छिन् ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago