सानो छदाँ हुर्कायौ बढ़ायौ ठुली भएँ खै कता हरायौ सानै देखि धोका खाईकि छु म,के गरौ खै हे ईश्वर भगवान अभागी नि साह्रै रैछु म
यो गित सुन्ने बित्तिकै हरकोहिको मन शिथिल बनाईदिन्छ, केहि छिन घोरीएर सुन्न मन लाग्छ, आफ्नी दिवंगत आमाको याद पनि पक्कै आउदो होला सानैमा आमा गुमाएका धेरै टुहुराहरुलाई । यस्तै मार्मिक शव्द तथा मिठो स्वारसहित एउटा गित बजारमा आएको छ, १० बर्षको कलिलै उमेरमा आमाले छोडेर गएपछि टुहुरी भएकी एक प्रतिभाशाली स्याङ्जा चेली प्रतिभा भट्टराईले आफ्नै आमाको सम्झनामा यो गित बजारमा ल्याएकी हुन् ।
स्वांजाको भिरकोट न पा मा जन्मेर संघर्ष गर्दै गरेकी प्रतिभाको “आमाको सम्झना” नामको गितलाई आचार्य डिजीटल पोखराले बजारमा पठाएको छ,प्रदिप भट्टराई र स्वयम गायीका प्रतिमा भट्टराईको शव्द तथा लय संकलन रहेको यस गितको छायांकन सन्तोष बस्याल तथा राजेश भण्डारीले निर्देशन गरेका छन् आमाको निधनपछि साह्रै दुखमा हुर्किएकी प्रतिमाले आफ्नै पिडा पोख्दै गितमा गाएकी छिन् ।
दुख पिडा मै माथी खन्याई गयौ आमा एकलै बनाई
हरकोहिको मनलाई तरंगित वनाउने यो गितलाई बजारमा ल्याउनका लागी सर्जक तथा गायकहरु यज्ञ सापकोटा र शालिकराम भण्डारीको बिषेश सहयोग रहेको छ, उनले
“के छ तिम्रो खवर” “घर झगड़ा” “आगो सल्कियो” लगायत लोक गित तथा “आउन कृष्ण काले” भजन किर्तनहरु बजारमा ल्याईसकेकी छिन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…