काठमाडौं भाद्र २२ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच शुक्रबार दिउँसो भेटवार्ता भएको छ ।
भेटमा नेपाल–भारत सम्बन्धमा अहिले सकारात्मक वातावरण बनेको भन्दै नेपालको आर्थिक समृद्धिमा दुवै देश मिलेर अघि बढ्नेबारेमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
भेटका क्रममा अध्यक्षले नेपाल र भारतबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । अध्यक्ष दाहालले शुक्रबार बिहानै प्रवासी नेपालीसँग भएको छलफलमा प्रवासीहरुले सीमाक्षेत्रमा नेपालीमाथि हुने गरेका लुटपाटका घटनाबारे गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
गृहमन्त्री सिंहले सीमाक्षेत्रका सबै अधिकारीहरुलाई तत्कालै खबर गरी अबका दिनमा यस्ता घटना हुन नदिने विश्वास दिलाएका थिए । भारतमा काम गरेर नेपाल फर्किने क्रममा विशेष गरी चाडपर्वको समयमा धेरै नेपालीलाई भारतीय सुरक्षाकर्मी र सर्वसाधारणले लुट्ने गरेको गुनासो आइरहेका बेला प्रचण्डले यसबारे भारतीय गृहमन्त्रीसँग कुरा गरेका हुन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…