काठमाडौं भाद्र २२ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारत सरकारका गृहमन्त्री राजनाथ सिंहबीच शुक्रबार दिउँसो भेटवार्ता भएको छ ।
भेटमा नेपाल–भारत सम्बन्धमा अहिले सकारात्मक वातावरण बनेको भन्दै नेपालको आर्थिक समृद्धिमा दुवै देश मिलेर अघि बढ्नेबारेमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
भेटका क्रममा अध्यक्षले नेपाल र भारतबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । अध्यक्ष दाहालले शुक्रबार बिहानै प्रवासी नेपालीसँग भएको छलफलमा प्रवासीहरुले सीमाक्षेत्रमा नेपालीमाथि हुने गरेका लुटपाटका घटनाबारे गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
गृहमन्त्री सिंहले सीमाक्षेत्रका सबै अधिकारीहरुलाई तत्कालै खबर गरी अबका दिनमा यस्ता घटना हुन नदिने विश्वास दिलाएका थिए । भारतमा काम गरेर नेपाल फर्किने क्रममा विशेष गरी चाडपर्वको समयमा धेरै नेपालीलाई भारतीय सुरक्षाकर्मी र सर्वसाधारणले लुट्ने गरेको गुनासो आइरहेका बेला प्रचण्डले यसबारे भारतीय गृहमन्त्रीसँग कुरा गरेका हुन् ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…