काउली बुढी नेपाल आइडलबाट आउट भईन्, टप २० भित्र पनि पर्न सकिनन्

काठमाडौँः एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित गायन रियालिटी शो नेपाल आइडलबाट काउली बुढी अर्थात् सन्ध्या बुढा बाहिरिएकी छन् । टप ट्वेन्टी अर्थात् पियानो राउन्डका लागि भएको प्रतिस्पर्धाका क्रममा उनी थिएटर राउन्डबाटै बाहिरिएकी हुन् ।

काठमाडौँमा भएको नेपाल आइडलको अडिसनका क्रममा ‘फूलको थुँगा बहेर गयो ग‍‍ंगाको पानीमा….’ गीत सुरिलो भाकाले गाउँदै जजहरुको मन जितेर अघि बढेकी उनको यात्रा थिएटर राउन्डमा टुंगिएको हो । नेपाल आइडलको थिएटर राउन्डबाट बाहिरिएपछि उनी रुँदै भावविह्वल भएकी थिइन् । तर उनले नेपाल आइडलबाट बाहिरिए पनि उनले आफूलाई केबल पाँच मिनेट समयले स्टार बनाइदिएको प्रतिक्रिया पनि दिइन् ।

‘नेपाल आइडलले दिएको पाँच मिनेट समयले आज म यति चर्चित भएकी छु’, उनले भनिन्, ‘अब पहिलेबाटै चलिरहेको मेरो काउली बुडी शोलाई निरन्तरता दिन्छु, गायन त साथमा छँदैछ ।’
नेपाल आइडलको थिएटर राउन्ड सकिएसँगै अब पियानो राउन्डका लागि अन्तिम २० जना प्रतिस्पर्धी छनोट भएका छन् । नेपाल आइडल हाल एपीवान टेलिभिजनबाट हरेक बिहीबार र शुक्रबार राति साढे ८ बजेदेखि प्रसारण हुँदै आएको छ।

काउली बुढी’ सन्ध्या बुढा अर्थात् काउली बुढीले युट्व च्यानलमा काउली बुढी नामक शो पनि चलाउँदै आएकी छिन्। कार्यक्रम निकै राम्रो भएपनि उनी नेपाल आइडलमा आउनुअघि त्यसको धेरै चर्चा भएको थिएन। तर, नेपाल आइडलमा आएपछि उनी सेलिब्रेटी भइन् । सन्ध्याले निरन्तर मेहनत गरिरहने हो भने भने चर्चा कमाउन धेरै समय नलाग्ने पनि प्रामणित गरेकी छन् ।

सुर्खेतकी २२ वर्षीया ‘काउली बुढी’ उर्फ सन्ध्या चर्चित लोक गायिका पनि हुन्। उनको आवाजमा २४ भन्दा बढी लोकदोहोरी गीत छन् । केही गीतमा आफैँले मोडलिङ समेत गरेकी छिन्।

‘बर्खा लायो असिनाको झरी’, ‘कि भुल्यौ र’ , ‘सानु तिमी मुटुको धड्कन हौ’ लगायतका दर्जनौँ लोकदोहरी गीतमा आवाज दिएकी सन्ध्या कलाकार कृष्ण कँडेलले सञ्चालन गर्ने कार्यक्रम ‘इन्द्रेणी’ बाट कलाकारितामा प्रवेश गरेकी थिइन् ।

कार्यक्रम ‘इन्द्रेणी’ मा गीत गाउँदै आफ्नो गला र कलालाई निखारेकी सन्ध्या ‘धमलाको हमला’, ‘जोगिन्दर की पान पसल’ जस्ता टिभी कार्यक्रममा समेत कार्यक्रम प्रस्तोताको रुपमा देखा परिसकेकी छिन्। आजको पत्र पत्ररिकामा छापिएकोछ ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago