सतर्क रहन आग्रह , जापानमा शक्तिशाली ताइफु

टोकियो– जापानमा यो सिजनको १३ औ सामुद्रिक तुफान ‘शानशान’ले आज साँझबाट भोली अबेरसम्म भारी बर्षा, आँधिहुरी सहित जापानका विभिन्न क्षेत्रमा प्रभाव पार्ने भएकाले यहाँको मौषम एजेन्सिले सतर्क रहन भनेको छ ।

जापानको पूर्वी र उत्तरपूर्व तटीय क्षेत्रहरूमा सामुन्द्रिक छालहरु र मध्य जापानका विभिन्न स्थानहरुमा ठूलो हावाहुरी र भारी बर्षाले प्रभाव पार्नसक्ने मौषम एजेन्सिका अधिकारीहरुको भनाई छ ।

बुधबार साँझ चिबा क्षेत्र बाट दक्षिण दक्षिणपूर्व आइपुगेको शानशान ताईफु अघि बढिरहेको र यसको गति प्रति घण्टा १५ किलोमिटरको रहेको मौषमी विवरणहरुमा उल्लेख छ । जापानको पूर्वी, मध्य र उत्तरपूर्वी क्षेत्रमा भारी बर्षा सहित ठूलो हावाहुरी आउने र यो विहिबारसम्म जारी रहने मौषम विभागका अधिकारीहरु ले जनाएकाछन् ।

टोकियो, उत्तर पूर्वी क्षेत्र तोहोकु लगायत मध्य क्षेत्रमा बिहीबार अबेरसम्म भारी बर्षा, हावाहुरी चलिराख्ने अनुमान सहित यि क्षेत्रमा सजक रहन भनिएको छ । यही ताइफुकै कारण कारण यहाँका विमान कम्पनीहरुले आन्तरिक तथा वाह्य उडानहरु रद्द गरेका छन् । हवाई यातायात मात्र नभएर यातायातका अन्य साधनहरु पनि ताइफुका कारण प्रभावित हुनसक्ने भन्दै ताइफु आइरहेको समयमा घर बाहिर ननिक्लन तथा समुन्द्र को छेउतिर नजान अनुरोध गरिएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago