सतर्क रहन आग्रह , जापानमा शक्तिशाली ताइफु

२०७५, २३ श्रावण बुधबार २२:०८

टोकियो– जापानमा यो सिजनको १३ औ सामुद्रिक तुफान ‘शानशान’ले आज साँझबाट भोली अबेरसम्म भारी बर्षा, आँधिहुरी सहित जापानका विभिन्न क्षेत्रमा प्रभाव पार्ने भएकाले यहाँको मौषम एजेन्सिले सतर्क रहन भनेको छ ।

जापानको पूर्वी र उत्तरपूर्व तटीय क्षेत्रहरूमा सामुन्द्रिक छालहरु र मध्य जापानका विभिन्न स्थानहरुमा ठूलो हावाहुरी र भारी बर्षाले प्रभाव पार्नसक्ने मौषम एजेन्सिका अधिकारीहरुको भनाई छ ।

बुधबार साँझ चिबा क्षेत्र बाट दक्षिण दक्षिणपूर्व आइपुगेको शानशान ताईफु अघि बढिरहेको र यसको गति प्रति घण्टा १५ किलोमिटरको रहेको मौषमी विवरणहरुमा उल्लेख छ । जापानको पूर्वी, मध्य र उत्तरपूर्वी क्षेत्रमा भारी बर्षा सहित ठूलो हावाहुरी आउने र यो विहिबारसम्म जारी रहने मौषम विभागका अधिकारीहरु ले जनाएकाछन् ।

टोकियो, उत्तर पूर्वी क्षेत्र तोहोकु लगायत मध्य क्षेत्रमा बिहीबार अबेरसम्म भारी बर्षा, हावाहुरी चलिराख्ने अनुमान सहित यि क्षेत्रमा सजक रहन भनिएको छ । यही ताइफुकै कारण कारण यहाँका विमान कम्पनीहरुले आन्तरिक तथा वाह्य उडानहरु रद्द गरेका छन् । हवाई यातायात मात्र नभएर यातायातका अन्य साधनहरु पनि ताइफुका कारण प्रभावित हुनसक्ने भन्दै ताइफु आइरहेको समयमा घर बाहिर ननिक्लन तथा समुन्द्र को छेउतिर नजान अनुरोध गरिएको छ ।

Comments

ताजा खबर