वासिङ्टन डिसी। अमेरिकामा नोभेम्बर ६ मा भएको मध्यावधी निर्वाचनमा नेपाली मूलका ह्यारी भण्डारी निर्वाचित भएका छन्। भण्डारी गत जुनमा सम्पन्न भएको आन्तरिक पार्टी निर्वाचनमा पाँच हजार ९४१ मत ल्याएर प्राइमेरीमा विजयी भएका थिए। सो डिस्ट्रिकबाट तीन जना उम्मेदवार हाउस अफ डेलिगेट्समा निर्वाचित हुने व्यवस्था छ।
अमेरिकामा ३३ सिनेटको पद, ४३५ कङ्ग्रेस, ३६ गभर्नर, स्टेट सिनेट तथा स्टेट डेलिगेटस र विभिन्न तहका न्यायाधीशसमेतको निर्वाचन भएकाे थियाे। यो निर्वाचनले सिनेट र कङ्ग्रेसमा कुन पार्टीको वर्चस्व रहन्छ भन्ने कुराको निक्र्यौल गर्नेछ।
निर्वाचनमा मेरिल्याण्डको डिस्ट्रिक ८ बाट नेपाली मूलका भण्डारी हाउस अफ डेलिगेट्समा डेमोक्र्याट पार्टीका तर्फबाट निर्वाचित भएका हुन्।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…