देशभर निर्माणाधीन १५ सय पुल अलपत्र

काठमाडौं, कार्तिक २१ ।  आवश्यक ठाउँमा पुल निर्माण हुन नसक्दा डुङ्गा दुर्घटना र नदी तर्ने क्रममा वर्सेनि दर्जनौँ मानिसको मृत्यु हुँदा पनि मुलुकमा पुल निर्माण कार्यले गति लिन सकेको छैन ।

एकातर्फ डुङ्गा दुर्घटना र नदी तर्ने क्रममा ज्यान गुमाउनेको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ भने अर्कातर्फ बनाउन सुरु गरिएको एक दशक सम्म पनि पुल बन्न सकेको छैन । सडक विभाग, पुुल महाशाखाका अनुसार २०६५ सालयता निर्माण कार्य सुरु गरिएका एकहजार ४८१ वटा पुल अझै अलपत्र अवस्थामा रहेका छन्। त्यसमध्ये विभिन्न राजमार्गका छ सयवटा र स्थानीय स्तरका ८८१ वटा पुल रहेको समाचार गोरखापत्र दैनिकले छापेको छ।

पुल महाशाखाका उपमहानिर्देशक अर्जुनजङ्ग थापाले निर्माण व्यवसायीहरूको बदमासी, आवश्यक बजेट र आवश्यक प्राविधिक क्षमता तथा उपकरणको अभावमा पुल निर्माण कार्य अपेक्षित रूपमा अगाडि बढ्न नसकेको बताए।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago