पाल्पा , भाद्र २२ भबिन्द्र गौतम । नतिजामुखी प्रशासन : समृद्धि र सुशासन’ भन्ने नारासहित निजामती दिवस पाल्पामा पनि विभिन्न कार्यक्रमसहित मनाइएको छ । दिवसको अवसरमा निजामती सेवा दिवस मूल समारोहले सोमबार तानसेन नगरमा प्रभात फेरी सहित सभा आयोजना र कर्मचारी मिलनकेन्द्रले सेवा निवृत्त निजामती कर्मचारीहरूलाई कदर–पत्र सहित सम्मान गरेको हो । समारोहमा बोल्दै जिल्ला न्यायधिस शंकरराज बरालले कर्मचारी राष्ट्रको स्थायी अंग भएकोले निष्ठापूर्वक राष्ट्र सेवामा समर्पित हुनुपर्नेमा जोड दिए ।
उनले कर्मचारीको कार्यसम्पादनका सिलसिलामा मानवीय त्रुटीहरू हुनु स्वभाविक भएको भन्दै कर्मचारीहरू आलोचनामुक्त हुन नसक्ने जनाए । ‘रामराज्य भएमा मात्र आलोचना मुक्त समाजको कल्पना गर्न सकिन्छ ।’ उनले भने –‘कार्यसम्पादनका सिलसिलामा नजानिदो गरी छिटफुट कमजोरी भइनै रहछ । त्यसकारण कर्मचारीहरू पूर्ण आलोचना मुक्त बन्न सम्भव हुँदैन ।’ बरालले सम्मानित सेवा निवृत्त कर्मचारीको सुखद् भविष्यको कामनासहित सेवारत कर्मचारीलाई निस्वार्थ भावले कार्यसम्पादनमा लाग्न सुझाए ।
कार्यक्रमका अध्यक्ष प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद शर्माले निजामती सेवाप्रति जनचासो बढाउन र कार्यसम्पादनलाई प्रभावकारी बनाउन निजामती सेवा दिवस मनाउदै आएको औंल्याए । उनले जनताको करबाट सुविधा लिने कर्मचारीहरू जनमैत्री कार्यसम्पादनमा क्रियाशिल हुनुपर्नेमा जोड दिए । ‘राष्ट्रसेवक कर्मचारीहरूको स
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…