रामकुमार पाडे र प्रकाश माइलाको ‘हजार हाइकु’ बिमोचित

काठमाडौँ । हाइकुकार द्वय रामकुमार पाँडे र प्रकाश पौडेल ‘माइला’को संयुक्त हाइकुसङ्ग्रह ‘हजार हाइकु’ बिमोचित भएको छ । हालै काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथी बरिष्ठ गीतकार रत्नशमशेर थापाले कृतिको बिमोचन गरे ।

दर्जनौ हाइजिनहरुको उपस्थिती को भव्य समारोह को बिच कार्यक्रम सम्पन्न भएको थियो । बिमोचित पुस्तक माथी समिक्षा गर्दै समालोचक महेश पौडेलले ‘हजार हाइकु’ हाइकु मात्र नभई हाइकुको इतिहास र संरचनाको जानकारी समेत भएको बताए । यस्तै अर्का समालोचक दामोदर पुडासैनीले यो हाइकु सङ्ग्रह हाइकुप्रेमी तथा लेख्न र सिक्न चाहनेहरुको लागि पढ्नै पर्ने पुस्तक सावित भएको बताए ।

वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले दुई लेखकहरू हाइकुको राम्रो संरचना र गहिराइ बुझेका लेखक भएको र यो कृति आफैमा उत्कृष्ट रहेको बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी वरिष्ठ गीतकार रत्नसमशेर थापाले यो कृति नेपाली साहित्यको बजारमा हाइकु विधामा एक सशक्त र बलियो पुस्तकको रुपमा आएको बताए ।

स्रस्टाहरु प्रकाश पौडेल ‘माइला’ र रामकुमार पाडेले मन्तव्य राख्दै यो कृती जन्मनुको सन्दर्भ बारे बोल्दै कृती भित्रबाट केहि हाइकु बाचन गरेका थिए । माइला बिगत १३ वर्ष देखी हाइकुको उदगम थलो जापान मै बसेर हाइकु बारे खोज र अनुसन्धानमा ब्यस्त छन भने पाडेले नेपालमा बसेर नेपाली हाइकुलाई नेतृत्त्व प्रदान गर्दै आएका छन ।

कार्यक्रम कृति प्रकाशक एवम् शिखा बुक्सका पुष्पराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । २६२ पृठ भएको उक्त पुस्तकको मुल्य रु ३२५ रहेको छ भने पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago