रामकुमार पाडे र प्रकाश माइलाको ‘हजार हाइकु’ बिमोचित

काठमाडौँ । हाइकुकार द्वय रामकुमार पाँडे र प्रकाश पौडेल ‘माइला’को संयुक्त हाइकुसङ्ग्रह ‘हजार हाइकु’ बिमोचित भएको छ । हालै काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथी बरिष्ठ गीतकार रत्नशमशेर थापाले कृतिको बिमोचन गरे ।

दर्जनौ हाइजिनहरुको उपस्थिती को भव्य समारोह को बिच कार्यक्रम सम्पन्न भएको थियो । बिमोचित पुस्तक माथी समिक्षा गर्दै समालोचक महेश पौडेलले ‘हजार हाइकु’ हाइकु मात्र नभई हाइकुको इतिहास र संरचनाको जानकारी समेत भएको बताए । यस्तै अर्का समालोचक दामोदर पुडासैनीले यो हाइकु सङ्ग्रह हाइकुप्रेमी तथा लेख्न र सिक्न चाहनेहरुको लागि पढ्नै पर्ने पुस्तक सावित भएको बताए ।

वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले दुई लेखकहरू हाइकुको राम्रो संरचना र गहिराइ बुझेका लेखक भएको र यो कृति आफैमा उत्कृष्ट रहेको बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी वरिष्ठ गीतकार रत्नसमशेर थापाले यो कृति नेपाली साहित्यको बजारमा हाइकु विधामा एक सशक्त र बलियो पुस्तकको रुपमा आएको बताए ।

स्रस्टाहरु प्रकाश पौडेल ‘माइला’ र रामकुमार पाडेले मन्तव्य राख्दै यो कृती जन्मनुको सन्दर्भ बारे बोल्दै कृती भित्रबाट केहि हाइकु बाचन गरेका थिए । माइला बिगत १३ वर्ष देखी हाइकुको उदगम थलो जापान मै बसेर हाइकु बारे खोज र अनुसन्धानमा ब्यस्त छन भने पाडेले नेपालमा बसेर नेपाली हाइकुलाई नेतृत्त्व प्रदान गर्दै आएका छन ।

कार्यक्रम कृति प्रकाशक एवम् शिखा बुक्सका पुष्पराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । २६२ पृठ भएको उक्त पुस्तकको मुल्य रु ३२५ रहेको छ भने पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago