चल्न थाल्यो सन्दीपको जादु क्यानडामा पनि

क्यानडामा भैरहेको ग्लोबल टी–ट्वेन्टी क्रिकेट लिगमा नेपाली स्पिनर सन्दीप लामिछानेले आफ्नो प्रभाव देखाउन थालेका छन् । मोन्ट्रियल टाइगर्समा आवद्ध सन्दीपले सुरुको खेलमा महंगो बलिङ गरे पनि पछिल्ला दुई खेलमा भने फर्किएका छन् । पहिलो खेलमा सन्दीपले ४ ओभर ५७ रन खर्चिएर एक विकेट लिएका थिए ।

आफ्नो दोस्रो खेलमा सन्दीपले चार ओभर बलिङ गर्दै १९ रन खर्चिएर एक विकेट लिएका थिए । मोन्ट्रियल टाइगर्सको पहिलो खेल भने सन्दीपले प्राविधिक कारणले गर्दा गुमाएका थिए । बुधबार भएको एडमन्टन रोयलविरुद्धको खेलमा सन्दीपले शानदार बलिङ गरेका छन् । सन्दीपले आफ्नो पहिलो ओभरमा नै मेडन ओभर राख्दै एक विकेट लिए ।

सन्दीपले फ्याँकेको गुगली बल सिधै विकेटमा लाग्न पुगेको थियो ।
उनले १२ बल खेल्दै ९ रन बनाएर खेलिरहेका एडमन्टनका भरपर्दा ब्याट्सम्यान आन्द्रे फ्लेचरलाई आउट गरेका हुन् । त्यस्तै उनले आफ्नो दोस्रो ओभरमा मात्रै पाँच रन खर्चिए भने तेस्रो ओभरमा सात रन खर्चिए । मोन्ट्रियल टाइगर्सका लागि १२ औँ र आफ्नो अन्तिम ओभरमा सन्दीपले मात्रै ४ रन खर्चिए ।

बुधबारको खेलमा सन्दीपको टिम मोन्ट्रियलले एडमन्टन रोयल्सलाई १५ रनले हरायो । चार खेलमध्ये यो नै सन्दीपको टिमको पहिलो जित हो । पहिले ब्याटिङ गरेको मोन्ट्रियल टाइगर्सले निर्धारीत २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो । १३० रनको विजयी रन पछ्याएको एडमन्टन रोयल १९ ओभर एक बलमै आफ्ना सबै विकेट गुमाउँदै ११४ रनमा समेटिएको थियो ।

मोन्ट्रियल टाइगर्सले अर्को खेल जुलाई ९ मा टोरन्टो नेसनलसँग खेल्दैछ । सन्दीप लामिछानेलाई मोन्ट्रियल टाइगर्सले ४० हजार डलरमा किनेको थियो । इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्समा आवद्ध भएका सन्दीपले आफूले खेलेका तीन खेलमै पाँच विकेट लिँदै विश्वभरबाट चर्चा बटुलेका थिए ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago