पत्रकार महासंघ जापान शाखाको साधारण सभा सेप्टेम्बर २१ मा हुने

टोकियो,२१ भदौ । नेपाल पत्रकार महासंघ जापान शाखाको वार्षिक साधारण सभा आगामी सेप्टेम्बर २१ तारिख हुने भएको छ ।
साधारणसभा टोकियोको शिनओकुबो स्थित सोलमारी मुराहलमा हुने भएको हो।

साधारण सभा बिहान १२ बजे देखि शुरु हुनेछ । साधारण सभामा महासंघका हाल सम्मका गतिबिधिको समिक्षा गरिनुका साथै आर्थिक प्रतिबेदन प्रस्तुत गरिने पनि महासंघले जनाएको छ ।

साथै महासंघको स्मारिका ’प्रवास पत्रकारिता भाग -२’ को बिमोचन गरिनुका साथै पत्रकार अक्षय कोषको पनि घोषणा गरिने महासंघका अध्यक्ष मोहन घलेले जानकारी दिनुभयो ।

साधारण सभा सकिए लगतै महासंघले सोही दिन पत्रकार रबि लामिछानेको उपस्थितिमा बिशेष अन्तर्कृया कार्यक्रमको पनि आयोजना गरेको छ । खुल्ला अन्तर्कृया कार्यक्रम बेलुकी ६ बजे देखि शुरु हुनेछ ।

‘लामिछाने संग समाज रुपान्तरण तथा सामाजिक समस्याहरुको निराकरणमा संचार माध्यम र संचारकर्मीहरुले खेल्ने भूमिका लगायतका विषयमा जापानवासी नेपाली समुदायबीच अन्तरकृया गरिने बताईएको छ ।

कार्यक्रममा लामिछानेले आफ्नो पत्रकारिताको अनुभव तथा प्रभाव एवं वर्तमान नेपाली समाजमा संचार माध्यमले खेल्नु पर्ने भूमिकाका विषयमा आफ्नो प्रस्तुति राख्नेछन् ।

उक्त कार्यक्रममा आमसंचार तथा लामिछानेले प्रस्तुत गरेका समसामयिक विविध घटनाक्रमहरुका बारेमा पत्रकार लामिछाने संग सहभागिहरुले आफ्ना जिज्ञासाहरु राखि अन्तर्कृया गर्न सकिने पनि महासंघले जनाएको छ ।

रबि लामिछाने पछिल्लो समय सत्य तथ्य तथा निष्पक्ष समाचार संप्रेषण गरेर चर्चामा अाइरहने एक निडर पत्रकारका रुपमा चिनिने चर्चित पत्रकार हुन ।

महासंघको आयोजना तथा ईजिलिंक मनि ट्रान्सफरको सहयोगमा हुने उक्त कार्यक्रममा निशुल्क सहभागी हुन सकिने छ । कार्यक्रममा सहभागिताका लागि महासंघले जापानका सबै संचारकर्मीका साथै आम जापानबासीमा अपिल पनि गरेको छ ।

पत्रकार महासंघ जापान प्रवास पत्रकारितालाई मूलधारको पत्रकारिता संग जोड्दै पत्रकार तथा पत्रकारिताको हित र सवलिकरण एवं निश्पक्ष सहितको सन्तुलित समाचार सम्प्रेषणमा कृयाशिल रहेको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago